टर्की भूकम्पमा ३३ हजारले संसार छाडे

१ फागुन, एजेन्सी ।
टर्की र सिरिया भूकम्पमा परि अहिलेसम्म ३३ हजार जनाभन्दा धेरैको ज्यान गएको पुष्टि भएको छ । सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण अहिलेसम्म टर्कीमा २९ हजार ६ सय ९५ र सिरियामा ३ हजार ५ सय जनाको ज्यान गएको पुष्टि भएको रोयटर्सले जनाएको छ ।

भूकम्पमा अझै कयौँ बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । भूकम्प गएको एक हप्ता भइसक्दा पनि हराइरहेका धेरैजसो भेटिएका छैनन् । तर, यस बीचमा कतिपयको भने जीवितै उद्धार भइरहेको छ । अत्यधिक चिसो र भग्नावशेषमा पुरिएकाले जीवित भेटिने सम्भावना कम भइरहेका बेला पनि कतिपयको जीवितै उद्धार भएकाले केही आशा भने छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको ८१ प्रान्तमध्ये १० प्रान्तमा भूकम्पबाट अत्यधिक क्षति पुगेको छ । भूकम्पबाट १४ लाख बालबालिकासहित झण्डै २ करोड ३० लाख मानिस प्रभावित हुनसक्ने सम्भावना रहेको विश्व स्वास्थ्य सङ्गठनले औँल्याएको छ ।

Advertisement

टर्की र सिरियामा हजारौंले ज्यान गुमाई हजारौं जना घरवारविहीन भएको अवस्थामा न्युजिल्यान्डमा भीषण वर्षासँगै आएको बाढी र चक्रवातका कारण हजारौँ नागरिक प्रभावित भएका छन् । बाढी र चक्रवातका कारण बिजुली र खानेपानीको आपूर्ति बन्द भएको छ ।

न्युजिल्याण्डको उत्तरी क्षेत्रका ५८ हजारभन्दा धेरै घरमा बिजुलीको आपूर्ति ठप्प भएको छ। अधिकारीहरुले ठूलो वर्षा र हावाहुरीको चेतावनी दिएका छन् । चक्रवातलाई मध्यनजर गर्दै त्यस क्षेत्रको उडान सेवा ठप्प पारिएको छ। केही क्षेत्रमा आपत्कालको घोषणा गरिएको छ।

Advertisement

चक्रवातले घरका छानाहरु उडाइदिएको छ भने रुख ढलेर सडक अवरुद्ध भएका छन्। दक्षिण न्युजिल्याण्डको ठूलो सहर अकल्याण्डमा पनि चक्रवातका कारण बिजुलीको आपूर्ति बन्द भएको छ। चक्रवात प्रभावित क्षेत्रका अधिकारीहरुले रेड अलर्ट जारी गर्दै आपत्काल घोषणा गरेका छन् । चक्रवातका कारण स्थानीय सरकारी कार्यालय बन्द गरिएको छ भने विद्यालय पनि बन्द छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top