ओडिआईमा एक हजार रन बनाउन रोहित पहिलो नेपाली

२ फागुन, एजेन्सी ।
राष्टिय क्रिकेट टालीका कप्तान रोहित पौडेलले एक दिवसीय खेलमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाविरुद्धको खेलमा ५५ रन बनाएपछि रोहित १ हजार रन पुरा गर्ने पहिलो खेलाडी बनेका हुन् ।

रोहितले २६ ओभरको पहिलो बलमा चौका हान्दै एक दिवसीय क्रिकेटमा १ हजार रन पुरा गरेका छन् । रोहितले सन् २०१८ मा नेदरल्यान्डसँग खेल्दै राष्टिय टोलीमा डेब्यु गरेका थिए । गत वर्ष रोहित नेपालको उपकप्तान बनेका थिए ।

भदौमा सन्दीप लामिछानेलाई बलात्कारको आरोप लागेपछि रोहित नेपालको कप्तान बनेका थिए । एक दिवसीय खेलमा रोहितले ५ अर्धशतक र १ शतक हानेका छन् । एक दिवसीयमा ३३ खेल खेल्ने क्रममा रोहितले यो कोशेढुङगा पार गरेका हुन् ।

रोहितपछि ज्ञानेन्द्र मल्लले ओडिआईमा २७ खेलमा ६ अर्धशतकसहित ७ सय ३४ रन बनाएका छन् । आसिफ शेखले २४ खेलमा ५ अर्धशतकसहित ६ सय ५५ रन बनाएका छन् । आरिफ शेखले ३२ खेलमा ४ मा अर्धशतकसहित ५ सय ८२ रन बनाएका छन् । टि२० आईमा नेपालबाट एक हजार रन पूरा गर्ने पहिलो खेलाडी दीपेन्द्रसिंह ऐरी हुन् ।

दीपेन्द्रले ४४ टि२० आई खेलमा १ हजार १ सय ३ रन बनाएका छन् । नेपालका लागि एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि उनी नै हुन् । उनले एउटै खेलमा सर्वाधिक १ सय २६ रन बनाएका छन् ।

रोहितले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत वर्ष पपुवान्यूगिनीविरुद्धको खेलमा ७ चौका र ४ छक्काको मद्दतमा १ सय २६ रन बनाएका थिए। नेपालका लागि शतक प्रहार गर्ने भने उनी तेस्रो खेलाडी हुन् । पूर्वक्रिकेटर पारस खड्काले १ सय १५ रनसहित शतक तथा दिपेन्द्र सिंह ऐरीले १ सय ५ रनसहित शतक बनाएका छन्।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top