कुशलको शतकमा नेपालको ऐतिहासिक जित,२ विकेटले हार्यो नामिबिया

२ फागुन, काठमाण्डौ ।

Advertisement

कुशल भुर्तेलको कीर्तिमानी शतकीय पारीमा आइसीसी लिग २ विश्वकप एक दिवसीय क्रिकेट अन्तर्गत त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेपालले नामिबियाविरुद्ध कीर्तिमानी जित निकालेको छ। नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले १४ बल अगावै ८ विकेटको क्षतिमा भेट्टायो।

कीर्तिमानी जित निकाल्ने क्रममा नेपालले एक दिवसीय खेलमा पहिलो सर्वाधिक विशाल योगफल भेट्टाएको हो। यसअघि नेपालले सन् २०१९ मा एक दिवसीय सिरिजमा युएईविरुद्ध २ सय ५५ रनको विशाल योगफल भेट्टाएको हो। नेपालले कीर्तिमानी जित निकाल्ने क्रममा कुशलले १ सय १५ रनको सर्वाधिक योगदान दिए।

Advertisement

कुशलले १ सय १३ बलमा १० चौका र ४ छक्का हाने। आफ्नो आडिआइ करियरको पहिलो शतक प्रहार गरेका कुशल नेपालका लागि शतक प्रहार गर्ने पहिलो ओपनर समेत हुन्। राष्ट्रिय टोलीबाट एक दिवसीय खेलमा शतक प्रहार गर्ने कुशल चौथो खेलाडी हुन्। ओडिआइ र एक दिवसीय दुवैमा शतक हान्ने कुशल तेस्रो खेलाडी हुन्।

यसअघि पुर्वकप्तान पारस खड्का, दिपेन्द्र सिंह ऐरिले दुवै फर्म्याटमा शतक हानेका थिए। तेस्रो विकेटका लागि ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेलले १ सय ३३ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जित उन्मुख गराएका थिए। जुन साझेदारी नेपालका लागि सर्वाधिक उच्च साझेदारी हो।

Advertisement

३३ ओभरमा १ सय ८६ रन बनाउने क्रममा रोहित र कुशलले यो कीर्तिमान आफ्नो नाममा गरेका हुन्। यसअघि सन् २०२२ मा घरेलु मैदानमा भएको खेलमा दिपेन्द्रसिंह ऐरि र देव खनालले पपुवा न्युगिनीविरुद्ध तेस्रो विकेटका लागि १ सय २३ रनको साझेदारी गरेका थिए।

कप्तान रोहित पौडेलल ७२ रनको महत्वपुर्ण योगदान दिदैँ पवेलियन फर्के। ७६ बलको सामना गरेका रोहितले ७ चौका र ३ छक्का मद्धतमा ७२ रन बनाए। ज्ञानेन्द्र मल्ल २५ रनमा आउट भए। दिपेन्द्र सिंह ऐरि ७, कुशल मल्लले ६ रन थपे। आशिफ शेख शुन्य रनमा आउट भए।

करण केसी २० र सोमपाल कामी ४ रनमा नटआउट रहे। करणले १२ बलमा १ चौका र २ छक्का हो। सोमपालले आफ्नो पहिलो बलमा चौका प्रहार गरे। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबिया निर्धारित ५० ओभरमा २ सय ८५ रन जोड्दा अलआउट भयो।

नेपालका लागि करण केसी एक्लैले ५ विकेट लिए। सन्दीप लामिछानेले ३ विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले ६६ रन खर्चे। सोमपाल कामी र कुशल मल्लको नाममा एक एक विकेट रह्यो। नामिबियाका माइकल १ सय ३३ रनको सर्वाधिक योगदान दिएका थिए।

यो जितसँगै नेपाल सात देश सम्मिलित आईसीसी विश्व कप क्रिकेट लिग–२ मा २५ खेलमा २० अङ्कसहित छैटौँ स्थानमा छ । नामिबिया ३० खेलमा ३७ अङ्क जोडेर तेस्रो स्थानमा छ । अब नेपालले आउँदो शुक्रवार स्कटल्यान्डसँग, शनिवार नामिबियासँग, मङ्गलवार स्कटल्यान्डसँग खेल्ने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top