Nepal Times
Nepal Times
3
Shares

६ महिनापछि फर्किएका सन्दीपले ३ विकेट लिए/ खसाले आँशु

६ महिनापछि फर्किएका सन्दीपले ३ विकेट लिए/ खसाले आँशु

२ फागुन , काठमाण्डौ ।
बलात्कार आरोपमा केही महिना हिरासतमा बसेपछि खेलमा फर्किएका बलर सन्दीप लामिछानेले मंगलबार नामिबियासँगको खेलमा ३ विकेट लिएका छन्। दोस्रो बलमै विकेट लिएका उनले ४९ औं ओभरको पहिलो र अन्तिम बलमा थप विकेट लिएका हुन्।

सुरुवाती ५ ओभरसम्म सन्तोषजनक प्रदर्शन गरेका उनको बाँकी ४ ओभरमा प्रदर्शन खस्किएको थियो। खेलको ४९ र आफ्नो अन्तिम १०औं ओभरमा उनी खेलमा फर्किए। सुरुमा २.८ को औसत रनरेटमा प्रदर्शन गरेका उनको खेल पाँच ओभरपछि भने खस्किएको थियो।

त्यसपछि प्रतिओभर १० भन्दा माथिको रनरेटमा उनको बलिङ रह्यो। ६६ रन दिएका उनको समग्र रनरेट भने ६.६० रह्यो। नेपालका लागि करण केसी सर्वाधिक ५ विकेट लिन सफल भए। १० ओभर नै बलिङ गरेका उनले ६१ रन खर्च गरे।

यसैगरी नेपालका लागि सोमपाल कामी र कुशल मल्लले एक–एक विकेट लिए। निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर नामिबियाले २८५ रन बनायो। २८६ रनको लक्ष्य पाएको नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ। ११ औँ ओभरमा बलिङमा आएका सन्दीपले दोस्रो बलमै कार्ल बिर्केन्स्टकलाई बोल्ड आउट गरे।

त्यसअघि नामिबियाले १० ओभरमा एक विकेट गुमाएर ४४ रन बनाएको थियो। सन्दीपले पहिलो ओभरमा ३ रन खर्चिएका थिए। सन्दीप पहिलो विकेट लिएपछि भावुक बनेका थिए । विकेट लिएपछि उनले आँखामा आँशु पुच्दै सेलिब्रेसन गरेका थिए ।

भावुक बनेका सन्दीपलाई टीमका अन्य खेलाडीहरुले हौसला दिएका थिए । लामिछानेले करिब ६ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेका हुन् । बलात्कार आरोपमा गत असोज २० गते विदेशबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका सन्दीपलाई पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो।

नेपाल क्रिकेट संघ–क्यानले धरौटीमा छुटेपछि निलम्बन फुकुवा गर्दै सन्दीपलाई राष्ट्रिय टोलीमा बोलाएको हो। सन्दीपको मुद्धा किनारा नलाग्दै उनलाई क्यानले क्रिकेट खेलाएको भन्दै क्यान नेतृत्वको आलोचना पनि भएको छ ।

सन्दीप सन् २०१६ देखि नेपालको सिनियर राष्ट्रिय टोलीबाट खेलिरहेका छन्। उनले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३० खेलका २९ पाली खेल्दै ६९ विकेट लिएका छन्। उनी सबैभन्दा बढी एकदिवशीय अन्तर्राष्ट्रिय विकेट लिने नेपाली बलर हुन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.