सहकारी ठगीको आरोपमा मुद्दा, तीन जना पक्राउ

१४ भदौ ७५, बिहीबार
Share this
771shares

विराटनगर, भदौ १४
जिल्ला अदालत मोरङमा प्राइम सहकारी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धकसहित नौ जनाविरुद्ध ठगी गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।

Advertisement

विराटनगर महानगरपालिका–९ मा सञ्चालित उक्त सहकारीका प्रमुख ईन्द्रलाल श्रेष्ठ, प्रबन्धक तथा सचिव ईश्वर श्रेष्ठ र उपाध्यक्ष विष्णुप्रसाद सुवेदीसहित नौ जनाविरुद्ध सर्वसाधारणले बचत गरेको करोडौँ रकम हिनामिना गरेको आरोपमा ठगी मुद्दा दर्ता गरिएको हो ।

पक्राउ परेका तीन जनासहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए । प्रहरीले सर्वसाधारणको बचत ठगी आरोपमा तीन जनालाई पक्राउ गरिसकेको छ भने अन्य छ जना फरार रहेका छन् ।

Advertisement

उक्त सहकारीमा एक जना बचतकर्ताले रु २५ लाखसम्म रकम बचतमा जम्मा गरेका थिए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top