×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

प्रचण्डलाई एकाविहानै किन भेट्न पुगे ओली ?

४ फाल्गुन २०७९

४ फागुन, काठमाण्डौ ।
आसन्न राष्ट्रपतिको निर्वाचन र सत्तारुढ दलहरुबीच यही विषयलाई लिएर बढ्दै गएको खटपटका बीच प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ ।

सत्तासाझेदार प्रमुख दुई दलका शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो । नेताद्वयबीच राष्ट्रपति पदको निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

Advertisement
Advertisement

पछिल्लो समय नेकपा माओवादी केन्द्रले राष्ट्रपतिका लागि काग्रेसलाई साथ दिने औपचारिक निर्णय गर्ने तयारी गरेको खबर बाहिरिएपछि चिन्तत बनेका ओली प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् । यसअघि पनि उच्चस्तरीय राजनीतिक संयन्त्र तथा गठबन्धनको बैठकमा पनि ओलीले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाउनु पर्ने बताउँदै आएका छन् भने प्रधानमन्त्रीले राष्ट्रपतिका लागि राष्ट्रिय सहमित आवश्यक रहेको भन्दै राष्ट्रपति कांग्रेसलाई दिनु पर्ने आशय ब्यक्त गर्दै आएका छन् ।

हिजो मात्रै वर्तमान सत्ता गठबन्धन भित्रबाट राष्ट्रपति बन्दा त्यसले राजनीतिलाई स्थिरता दिन नसक्ने र आफूहरू अप्ठ्यारोमा पर्ने निष्कर्षसहित माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने तयारी गरेको खबर बाहिरिएको थियो । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टीको पदाधिकारी बैठक बसेर राष्ट्रपतिका बारेमा निर्णय लिने जानकारी दिएका छन् ।

लामो समयदेखि माओवादीले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति भन्दै कांग्रेस उम्मेदवारलाई साथ दिने संकेत गर्दै आएको छ । राष्ट्रपति निर्वाचनको विषयमा पार्टीभित्र मात्र नभई अन्य राजनीतिक दलसँग पनि छलफल भइरहेको उनले बताएका छन् । ‘कांग्रेसलाई राष्ट्रपतिमा सघाउने विषय पनि उठेको छ तर, आधिकारिक निर्णय भने भएको छैन ।

उनले भनेका छन् हामी बैठक बसेर कसरी जाने भन्ने निर्णय केही दिनमै दिन्छौँ ।’ यही मेसोमा राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिबारे छलफल गर्न ओली बालुवाटार पुगेका थिए। राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदैछ। १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेकाले नेकपा माओवादी केन्द्रलाई गठबन्धनबाट बाहिर जान नदिन एमाले अध्यक्ष ओली निरन्तर कसरतमा छन्।

प्रचण्डलाई प्रधानमन्त्री बनाउने ७ दल भित्र नै एकमत नरहेपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको तर प्रतिपक्ष कित्तामा आफूलाई राख्दै आएको नेपाली कांग्रेसले यसको लाभ लिने प्रशस्त संकेतहरु देखिन थालेका छन् । यसअघि ओलीले नै गठबन्धन टुट्ने अवस्थाको तयारी अवस्थामा रहन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका थिए ।

Advertisement

पछिल्लो समय माओवादीले आधिकारिक रुपमै काग्रेसतर्फ ढल्किने निणएय गर्ने खबर बाहिरिएपछि भने कांग्रेस महामन्त्री गगन थापाले गठबन्धन १० दिन भित्र भत्किने भनेर गरेको भविष्यवाणी सत्य सावित हुने हो कि भन्ने शंसय देखिएको छ। अनि यही डरले प्रचण्ड भन्दा ओलीलाई बढी सताएको देखिन्छ ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top