Nepal Times
Nepal Times
3
Shares

सुनसरीको बर्जुमा पनि भेटियो दादुरा

सुनसरीको बर्जुमा पनि भेटियो दादुरा

४ फागुन, विराटनगर ।
केही समय अघि पश्चिम नेपालको बाँकेमा ३ सय भन्दा बढी बालबालिकामा देखिएको दादुरा पछिल्लो समय पूर्वको सुनसरीमा पनि देखिएको छ । दादुरा बर्जु गाउँपालिका–२ मा पनि देखिएको छ । बर्जुमा तीन जनामा दादुराको संक्रमण पुष्टि भएको हो ।

बर्जु–२ मा सात महिने बच्चामा दादुरा देखिएपछि नमुना सङ्कलनपछि परीक्षण गर्दा थप दुई जनामा दादुरा पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईँका अनुसार शरीरमा बिमिरा आउनुका साथै ज्वरो आएपछि दुवै जनाको स्वास्थ्य परीक्षण गर्दा दादुरा पुष्टि भएको हो ।

बर्जुमा दादुराको आशङ्कामा अन्यको नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको छ । विश्व स्वास्थ्य सङ्गठनको टोलीले बर्जुको २ नं वडामा बिरामीको नजिक रहेका र शङ्का गरिएकाको नमुना परीक्षणका साथै क्षेत्र, जिल्ला र पालिकाका स्वास्थ्यकर्मीको टोलीलाई भेटेर जानकारी लिएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीले पछिल्लो एक महिनाभित्र पाँच वर्षमुनिका बालबालिकामा बिमिरा र ज्वरो आउनेजस्ता लक्षण देखापरे नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.