×

NEPAL TIMES UPDATES

Playing
विपक्षीले गरे जवरजस्तीको संसद् अवरोध, नियमावलीमा छैन् व्यवस्था|| Nepal Times
May 13, 2026
Playing
संसद्मा पुग्यो न्यायालयको विषय || Nepal Times
May 13, 2026
Playing
ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा आसिफ र दीपेन्द्रको प्रवेश|| Nepal Times
May 13, 2026
Playing
ट्रम्प ८ वर्षपछि चीनमा उत्रिदा जे देखियो, छोराबुहारीसहित १७ ब्यापारी|| Nepal Times
May 13, 2026
Playing
आफ्नै कारण संसद्मा हंगामा हुँदा प्रधानमन्त्री बालेन कहाँ थिए ?|| Nepal Times
May 13, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-30-2083 || Nepal Times
May 13, 2026
Playing
इरानका धेरै मिसाइल लन्च साइट सुरक्षित, अमेरिकी १३ हजार अट्याक फेल || Nepal Times
May 13, 2026
Playing
सेनासँग किन टक्कर लिदैछन् बादल ? || Nepal Times
May 13, 2026
Playing
Americaले ४ लक्ष्मणरेखा नाघ्न नहुने, ट्रम्प–सी भेट अघि जी२को चर्चा || Nepal Times
May 13, 2026
Playing
रास्वपाले जेठ १० गतेसम्म विधान लेख्ने, महाधिवेशनमा २५ सय सहभागी हुने || Nepal Times
May 13, 2026

सन्दीप फेरि अदालत पुगे, विदेश जान पाउनु पर्ने माग

८ फाल्गुन २०७९

८ फागुन, काठमाण्डौ ।
धरौटीमा छुटेका राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । विदेशी भूमिमा राष्ट्रिय टिमबाट खेल्न फैसलाबाट अवरोध पुगेपछि उनी सर्वाेच्च पुगेका हुन् । काठमाडौं जिल्ला अदालतले सन्दीपलाई जेलमै राखेर पुर्पक्ष गर्ने आदेश दिएको थियो ।

त्यसका विरुद्ध सन्दीपले पाटन उच्च अदालतमा पुनरावेदन गरेका थिए । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छोडिदियो । तर, उनलाई विदेश जान अदालतले रोक लगाएको छ । यसविरुद्ध सन्दीपले हालेको रिटको फागुन १२ गतेलाई पेसी तोकिएको अदालत स्रोतले जनाएको छ ।

Advertisement
Advertisement

पाटन उच्च अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले पनि सर्वोच्चमा पुनरावेदन गरेको छ । उसले सन्दीपलाई जेलमै राखेर मुद्दा अगाडि बढाउनुपर्ने माग गरेको छ । उक्त पुनरावेदनमा सर्वोच्चले पाटन उच्च अदालतको फैसलाको मिसिल झिकाउने आदेश दिएको थियो ।

नेपाली क्रिकेट टिम यूएई र पपुवान्यूगिनीविरुद्धको म्याच खेल्न आगामी १३ गते दुबई जाँदैछ । अदालतले विदेश जान रोक लगाएकाले सन्दीप सो टिममा रहने छैनन् । तर, यदि १२ गते सर्वोच्चको पेसीले उक्त रोकका विषयमा आउने निर्णयले सन्दीप यूएई जान सक्ने न सक्ने तय गर्नेछ ।

घरेलु मैदानमा जारी त्रिकोणात्मक श्रृंखलामा सन्दीपले लगातार उत्ृकष्ट खेल प्रर्दशन गरिरहेका छन् । उनले नेपालले ह्याट्रिक गरेको तीन खेलमा समान ३ विकेटका दरले ९ विकेट लिएका छन् । अबका बढीमा १० खेलमा २२ विकेट लिएमा सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाउनेछन् ।

उनी सबैभन्दा कम खेलमा सय विकेट पूरा गर्ने बलर बन्नेछन् । अहिले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा सय विकेट लिने बलरको कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा रहेको छ । उनले ४४ खेलमा विकेटको शतक पुरा गरेका थिए ।

रसिदको कीर्तिमान तोडेर विश्वकीर्तिमान राख्दै क्रिकेट दुनियामा नेपालको नाम चम्काउने अवसर सन्दीपसँग छ । सन्दीप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा ५० विकेट पूरा गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । उनले केवल २२ खेलमा ५० विकेट पूरा गरेका हुन् ।

श्रीलंकाका अजन्था मेन्डिसको नाममा १९ खेलमा ५० विकेट पूरा गरेको विश्व कीर्तिमान रहेको छ । सन्दीप जारी विश्वकप लिग–२ मा सर्वाधिक विकेट लिने बलरको सूचीमा तेस्रो स्थानमा छन् । यो सूचीमा माथि उक्लिने अवसर पनि उनीसित छ । सन्दीपले २३ खेलमा ५१ विकेट हात पारेका छन् ।

३५ खेलमा ओमानका बिलाल खानले ७६ र अमेरिकाका सौरभ नरेस नेत्रभल्करले ५८ विकेट हात पारेका छन् । सन्दीपले उनीहरु दुवैभन्दा १२ खेल कम खेलेका छन् । लिग २ मा सन्दीपले अब ५ वटा म्याच मात्र खेल्न पाउनेछन् ।तर अहिलेको अवस्थामा लिग २ अन्तर्गत नेपालले गर्ने यूएइ भ्रमणमा उनी जान पाउने छैनन् ।

सन्दीपले जारी शृंखलाको अन्तिम खेलमा मंगलबार स्कटल्यान्डसँग खेल्नेछन् । त्यसपछि नेपालले यूएईमा गएर विश्वकप लिग–२ कै अर्को त्रिदेशीय शृंखला खेल्ने छ । सन्दीपले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि ८५ विकेट लिएका छन् ।

Advertisement
Advertisement

उनले ४४ खेलमा यी सफलता हात पारेका हुन् । उनले बढीमा ७ खेलमा १५ विकेट लिए टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा सय विकेट पूरा गर्ने बलर बन्नेछन् । रसिद खानले ५३ खेलमा सय विकेट पूरा गरेका थिए ।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top