न्यूयोर्कबाट दिल्ली उडेको विमान लन्डन पुग्यो

९ फागुन, एजेन्सी ।
मेडिकल इमर्जेन्सीका कारण अमेरिकाको न्यूयोर्कबाट दिल्ली आइरहेको एयर इन्डियाको उडान डाइभर्ट गरिएको छ। सोमबार साँझ यो विमान उड्दा यसलाई लन्डनतर्फ मोड्नुपरेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

Advertisement

एयर इन्डियाको ब्क्ष्–ज्ञण्द्द विमान लगभग एघार २५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने तालिका थियो। विमानको ट्र्याकिङ डाटाले देखायो कि यो नर्वे माथिबाट उडिरहेको बेला विमानले अचानक मार्ग परिवर्तन गरेको थियो ।

Advertisement

न्यूयोर्कबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको उडानलाई मेडिकल आपतकालिनका कारण सोमबार लन्डनतर्फ डाइभर्ट गरिएको अधिकारीहरुले बताएका छन् । बोर्डमा मेडिकल इमर्जेन्सी देखिएपछि उडानलाई लन्डनतर्फ मोडिएको एयर इन्डियाले पुष्टि गरेको छ ।

सम्बन्धित यात्रुलाई डिबोर्डिङ गरेपछि लण्डनबाट दिल्ली उड्ने उनले बताएका छन् । एयर इन्डियाको उडानले न्यूयोर्कदेखि दिल्लीसम्मको दूरी कभर गर्न करिब १४ घण्टा लाग्छ। मेडिकल इमर्जेन्सीको विवरण अहिले उपलब्ध छैन।

Advertisement

विमानका पाइलटका अनुसार डाइबर्टका कारण दिल्ली पुग्ने उडान कम्तिमा ६ देखि ७ घण्टा ढिलो हुने सम्भावना छ । यो विमानमा करिब ३५० यात्रु रहेका छन् । विमानको डाटाले यो अझै पनि लन्डनको हिथ्रो एयरपोर्टमा पार्क गरिएको देखाउँछ।

कुनै पनि प्रकारको चिकित्सा आपतकालिन अवस्थामा विमानमा केही सुविधाहरू हुन्छन् । त्यहाँ सानातिना समस्या भएमा प्राथमिक उपचार गर्न सकिन्छ । आवश्यक भएमा, विमान नजिकैको विमानस्थलमा अवतरण हुन्छ । तर कस्तो प्रकारको मेडिकल इमर्जेन्सी भन्ने अहिलेसम्म खुलिनसकेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top