ताजकिस्तानमा भयंकर भूकम्प, चीन, पाकिस्तान हल्लिए

११ फागुन, एजेन्सी ।
ताजकिस्तानमा ठूलो भूकम्प गएको छ । आज बिहान स्थानीय समयअनुसार ८ बजेर ३७ मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको रोयटर्सले जनाएको छ । चीनको सीसीटीभीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार केन्द्रविन्दु चीनको सीमानजिकै रहेको छ ।

चीनको सीमाभन्दा ८२ किमि टाढा केन्द्रविन्दु भएको हुँदा भूकम्पको धक्का चीनसम्म महसुस भएको थियो । चीनसँगको निकटतम सिमानाबाट करिब ८२ किलोमिटर टाढा रहेको र सिनजियाङ क्षेत्रको पश्चिमी भागमा पर्ने काशगर र आर्टक्समा तीव्र रूपमा महसुस गरिएको थियो।

सीसीटीभीका अनुसार भूकम्पको केन्द्रको ५ किमी भित्रको औसत उचाइ ४,६५५ मिटर (१५,३०० फिट) रहेको छ। चीनको स्थानीय समय अनुसार बिहीबार ७.२ म्याग्निच्युडको भूकम्पले ताजिकिस्तानलाई हल्लाएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जनाएको छ ।

ताजिकिस्तानमा भूकम्प गएको ठाउँ एकदमै कम जनसङ्ख्या भएको पूर्ण सुनसान क्षेत्र हो। टर्की–सिरिया सीमामा गएको विनाशकारी भूकम्पको एक साताअघि अर्थात जनवरी २९ मा पाकिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पको केन्द्रबिन्दु ताजिकिस्तान पनि थियो ।

इस्लामाबाद, रावलपिण्डी र देशका अन्य भागहरूमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो। तर कुनै हताहत वा धनमालको क्षतिको खबर नआएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । सन् २००५ मा पाकिस्तानमा अहिलेसम्मकै सबैभन्दा विनाशकारी भूकम्प गएको थियो ।

उक्त भूकम्पमा ७४ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । १९ जनवरी २०२३ मा पनि पाकिस्तानमा भूकम्पको धक्का महसुस गरिएको थियो । इस्लामाबाद र खैबर पख्तुनख्वा क्षेत्र ५.६ म्याग्निच्युडको भूकम्पले हल्लाएको थियो । यस भूकम्पको केन्द्रबिन्दु पेशावर, नौशेरा, मर्दान, शबकदर, स्वात, कोहट, बन्नु र अन्य भागमा महसुस गरिएको थियो।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top