बालुवाटारमा पूरानो गठबन्धनको निर्णायक बैठक

१२ फागुन ,काठमाण्डौ ।

राष्ट्रपतिको उम्मेदवारबारे सत्ता साझेदार नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सहमति नजुटिरहेका बेला पुरानो पाँच दलीय गठबन्धनका नेता छलफलमा जुटेका छन् । विहानैदेखि चलेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपासहित ४ दलको बैठक वालुवाटारमा जारी छ ।

राष्ट्रपति निर्वाचनका बारेमा राजनीतिक दलहरूबीच रस्साकस्सी भइरहेको बेला प्रधानमन्त्री निवास वालुवाटारमा चार दलको बैठक बसेको हो । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीकाअध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव उपस्थिति छन् ।

Advertisement

यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् । नेकपा एसले अध्यक्ष माधवकुमार नेपाललाई भावी राष्ट्रपतिका रुपमा अघि सारेको छ भने कांग्रेसले पनि सो पद आफनो पार्टीलाई दिनु पर्ने भन्दै अन्य दलसँग सहमति खोज्ने प्रयास गरिरहेका बेला चार दलका शीर्ष नेताहरूको बैठक सुरु भएको हो।

राष्ट्रपति पदका कारण वर्तमान सत्ता गठबन्धन टुट्ने आशंका भइरहेका बेला पुरानो पाँच दलीय गठबन्धन सक्रिय भएको हो । यसअघि मंगलबार, बुधबार र बिहीबार चरणबद्ध छलफल गरेका नेताहरुले शुक्रबारको बैठकलाई निर्णायक भनेका छन् ।

Advertisement

यी बैठकमा भएका अनौपचारिक छलफललाई सामूहिकरुपमा औपचारिकता दिने र विगतको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन ब्युँताउने कांग्रेस नेताहरुको प्रयास छ । १० पुसमा कांग्रेससँग समीकरण तोडेर एमालेसँगको गठबन्धनमा प्रधानमन्त्री बनेका दाहालले त्यहीबेला राष्ट्रपति एमालेलाई दिने सहमति जनाएका थिए ।

तर विश्वासको मत लिएको दुई महिना नबित्दै त्यसबेला गरेको वचन फेरेका दाहालले राष्ट्रपति पनि एमालेलाई दिए शक्ति समीकरणमा आफू कमजोर बन्ने भन्दै राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको वातावरण बनाउन पहल थालेका हुन् ।

कांग्रेस नेताहरूका अनुसार भने प्रधानमन्त्री दाहालले एक साताअघि नै कांग्रेसलाई राष्ट्रपति दिन सहमति जनाइसकेका छन् । तर माओवादी र नेकपा एसका नेताहरूले भने विगतको नेकपा ब्युँताएर माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने विकल्पमाथि समेत छलफल गरिरहेका छन् । २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top