Nepal Times
Nepal Times
3
Shares

भोली शुक्रबार शोक विदा दिने त्रिवि कार्यकारी परिषदको निर्णय

भोली शुक्रबार शोक विदा दिने त्रिवि कार्यकारी परिषदको निर्णय

११ फागुन, काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले शुक्रबार शोक विदा दिने निर्णय गरेको छ ।बुधबार बसेको कार्यकारी परिषद्को बैठकले त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको निधनको शोक विदा दिने निर्णय गरेको त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ ।

उप्रेतीको फागुन ८ गते निधन भएको थियो ।शाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले सूचना जारी गर्दै पूर्व निर्धारित परीक्षाहरु यथावत रहने गरी त्रिवि केन्द्रिय कार्यालय लगायत त्रिविका सबै आंगिक क्याम्पस तथा कार्यालयहरु बन्द हुने जानकारी दिएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.