Nepal Times
Nepal Times
3
Shares

नेपालमा पहिलोपल्ट महिला फुटबलको ओलम्पिक छनोट हुने

नेपालमा पहिलोपल्ट महिला फुटबलको ओलम्पिक छनोट  हुने

१४ फागुन, काठमाण्डौ ।
पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको एसिया छनोट नेपालमा आयोजना हुने भएको छ । एसिया छनोटको पहिलो चरण अन्तर्गत समूह ‘सी’ को छनोट खेलहरु नेपालमा आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ‘सी’ को छनोट नेपालमा हुने जानकारी दिएको छ ।

समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए । तर प्यालेस्टाइनले भने नाम फिर्ता लिएकोले यस समूहमा तीन टिम मात्र रहेको एन्फाले जनाएको छ । अब नेपालले भियतनाम र अफगानिस्तानसँग मनत्र खेल्नु पर्नेछ ।

छनोटको पहिलो चरणका खेलहरु आगामी अप्रिल ३ देखि ११ (चैत २०–२८) सम्म हुनेछ । पहिलो चरणको छनोटमा २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष टोली दोस्रो चरणमा पुग्नेछन् । उत्तर कोरिया, अष्ट्रेलिया, चीन, जापान र दक्षिण कोरिया भने सिधै दोस्रो चरणमा खेल्नेछन् ।

यी पाँच टिम र पहिलो चरणका ७ गरी १२ टिमलाई दोस्रो चरणमा तीन समूहमा विभाजन गरिनेछ । जसका तीन समूहको विजेता र एवम् उत्कृष्ट उपविजेता तेस्रो चरणमा पुग्नेछन् । त्यसबाट शीर्ष दुई टोली पेरिस ओलम्पिक २०२४ मा छनोट हुनेछ ।

नेपालले ओलम्पिक तयारी अन्तर्गत भारतसँग चेन्नाईमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दुवै खेल बराबरीमा सकिएको थियो । महिला फुटबलको ओलम्पिक छनोट पहिलोपल्ट आयोजना गर्ने अवसर पाएको नेपालले यसअघि दक्षिण एसियाली स्तरको साफ च्याम्पियनसिप दुईपल्ट संचालन गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.