भूकम्पपछि टर्कीले ६ सय जनालाई मुद्धा हाल्यो

१४ फागुन,एजेन्सी।
सिरियाको सीमा नजिक टर्कीमा केन्द्रविन्दु बनाएर गएको भूकम्पको त्रास सेलाउँन नपाउँदै जापान र अफगानिस्तानपछि पुपुवा न्यू गिनीमा पनि शक्तिशाली भूकम्प मापन गरिएको छ । १२ घण्टाभन्दा कम समयभित्रै यी तीन देशहरुमा भूकम्पको तिव्र झट्काले भने विश्वभरका भूवैज्ञानिकहरुलाई चिन्तामा पारिदिएको छ । यसले सूनामीको खतराको संकेत गरेको छ ।

संयुक्त राज्य भूवैज्ञानिक सर्वेक्षणका अनुसार पपुवा न्यू गिनी भन्दा धेरै टाढा रहेको बेलायतमा पनि आइतबार ६.२ रेक्टर स्केलको भूकम्प आएको छ । तर अहिलेसम्म सुनामीजस्ता कुनै पनि चेतावनी भने जारी गरिएको छैन । यसअघि शनिबार राती जापानको होक्काइडो शहरमा भूकम्पको तिब्र झट्का महसुस गरिएको थियो ।

यूएसजीसीका अधिकारीहरुका अनुसार जापानी शहरमा भूकम्पको तीव्रता ६.१ रेक्टर स्केल मापन गरिएको थियो । २० फेब्रअरीमा पनि जापानमा भूकम्प आएको थियो । सो बेला यसको तीव्रता ५.५ थियो । यद्यपी भूकम्पमा जनधनको क्षति भएको थिएन । यसपछि अफगानिस्तानको फैजाबादमा भूकम्पको झट्का महसुस भएको थियो ।

Advertisement

राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार आइतबार दिउँसो ४.३ तीव्रताका साथ भुकम्पको झट्का महसुस गरिएको थियो । यसैबीच टर्किस सरकारले ६ फेब्रुअरीमा आएको शक्तिशाली भूकम्पका कारण अकल्पनीय क्षति भएपछि कारबाही प्रक्रिया तीव्र बनाएको छ । भूकम्पमा ढलेका भवनलाई लिएर अहिलेसम्म ६ सयभन्दा धेरैविरुद्ध छानबिन अघि बढाइएको हो ।

शनिवार मात्रै न्याय मन्त्री बेकिर बोजदागले कमसल भवन बनाउने ठेकेदार र मालिकसमेत १८४ जना शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरिसकिएको छ । टर्कीमा कयौँ वर्षदेखि विशेषज्ञहरुले भ्रष्टाचार र सरकारी नीतिका कारण कयौँ नयाँ भवन असुरक्षित रहेको चेतावनी दिँदै आएका थिए । तर त्यसतर्फ सरकारले ध्यान नै दिएन ।

Advertisement

टर्की र सिरियामा आएको ७.८ म्याग्निच्युडको भूकम्पमा मारिनेको संख्या ५० हजार नाघिसकेको छ । दुई हप्ताअघि पनि सरकारी अधिकारीहरुले कमसल घर निर्माणमा संलग्न ११३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको बताएका थिए । टर्किस सञ्चारमाध्यमका अनुसार गिरफ्तारीमा पर्नेहरुमा एउटा सहरका मेयरसमेत रहेका छन् ।

जुन सहर भूकम्पबाट सबैभन्दा प्रभावित इलाकानजिकैको हो । भूकम्पपछि टर्कीभर करिब १६ हजार ठूला भवन ढलेका छन् । अर्कातिर विपक्षी पार्टी र कन्स्ट्रक्सन विज्ञले राष्ट्रपति रेचेप तैय्यप सरकारमाथि कानुन खुकुलो बनाइदिँदा कयौँ भवन ढलेर यति क्षति भएको आरोप लगाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top