NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह आइतवार असार २२ , २०८२
नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने  आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल  आइतवार असार २२ , २०८२
ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ? आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

प्रचण्डलाई दिल्लीले नपत्याएपछि दोहाले बोलायो

आइतवार फाल्गुन १४ , २०७९
Reading Time: 1 min read
A A
Advertisement
अध्यक्ष विजयी भएपनि माओवादी खुम्चियो /प्रचण्डले अब कस्तो रणनीति लेलान् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

१४ फागुन, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अति कम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन कतार जाने भएका छन् । यो उनको तेस्रो कार्यकालको पहिलो विदेश भ्रमण हो । तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्डले आफ्नो विदेश भ्रमण भारतबाट सुरु हुने बताएका थिए ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय मिडियालाई दिएको अन्तर्वार्तामा उनले आफ्नो पहिलो विदेश भ्रमण भारत हुनसक्ने बताएका थिए । यस्तै पछिल्लो पटक काठमाडौं आउँदा भारतीय विदेश सचिव विनय मोहन क्वात्राले पनि प्रचण्डलाई समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको औपचारिक निम्ता दिने चर्चा भएको थियो ।

तर क्वात्रा निमन्त्रणा पत्र नदिनकनै फर्किएपछि उनको दिल्ली यात्रा अनिश्चय बनेको थियो । यद्यपी प्रधानमन्त्री प्रचण्डसंगको भेटमा उनले भारत भ्रमणको समय अनुकुलताका बारेमा चासो राखेको बताइएको छ । नेपालमा राष्ट्रपति चुनाव नजिकिएकाले यसपछि मात्रै भ्रमण गर्दा उपयुक्त हुने आशय क्वात्राले जनाएका थिए ।

अर्थात राष्ट्रपतिमा भारतको चाहाना पुरा गरेमात्रै प्रचण्डलाई स्वागत गर्ने संदेश भारतीय विदेश सचिवले दिएको पनि विश्लेषण गरिएको छ । यसो हुँदा प्रचण्ड स्वयंले चाहेको पहिला भारतबाटै विदेश भ्रमण सुरु गर्ने योजना पूरा नभएसंगै यसपटक कतारबाट उनले विदेश भ्रमण सुरु गर्ने भएका हुन् ।

आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही फागुन १९ गते शुक्रबार सो सम्मेलनमा सहभागी हुन कतारको दोहा प्रस्थान गर्ने जानकारी दिएकी हुन् ।

त्यसक्रममा प्रधानमन्त्री दाहालले सो सम्मेलनलाई सम्बोधन गर्नेछन् । त्यसैगरी सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग पनि प्रधानमन्त्री दाहालले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री दाहाल सहभागी हुनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

४ दिनको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री दाहाल फागुन २२ गते स्वदेश फर्कने छन् । प्रधानमन्त्री दाहालसँग परराष्ट्र मन्त्रालयका अधिकारी सो सम्मेलनमा सहभागी हुनेछन् । यस्तै परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन आजै जेनेभा प्रस्थान गर्दैछिन् ।

परराष्ट्र मन्त्रालयले आईतवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्री पौड्याल त्यसतर्फ प्रस्थान गर्न लागेको जानकारी गराएको हो । बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिहरुको बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाल सो परिषद्को सदस्य राष्ट्र हो । मन्त्री पौड्याल पनि सोही बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ ।

Tags: #कतार भ्रमण#प्रचण्डको पहिलो विदेश भ्रमण#प्रचण्डको विदेश भ्रमण#विदेश भ्रमण

लोकप्रीय

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२

विचार

थप समाचार

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै
अन्तर्राष्ट्रिय

Breaking news

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 
आर्थिक

११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

आइतवार असार २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.