सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, गुम्यो श्रृंखला, आज के भयो ?

१४ फागुन, काठमाण्डौ ।
क्रिकेटर सन्दीप लामिछानको बलात्कार सम्बन्धी मुद्दामा परेको पुनरावेदनको आइतबार भएको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ। सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासले सुनुवाइलाई सोमबार निरन्तरता दिनेछ । सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गरेपछि सन्दीपका कानुन व्यवसायीले बहस सुरु गरेका थिए ।

जाहेरवालाका तर्फबाट महान्यायाधिवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै ठाउँमा राखेर सुनुवाइ भएको हो । पीडितको पक्षबाट बहस गर्नेहरुले सन्दीपलाई टीममा राख्दा विपक्षी खेलाडीहरुले हातसमेत नमिलाएको भन्दै खेल्नका लागि टिममा राख्न नहुने र उच्च अदालत पाटनले धरौटीमा छाडेको आदेश रद्द गर्दै पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग राखेका थिए।

जवाफी बहसको क्रममा सन्दीपका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता शम्भू थापाले सन्दीपसँग हात नमिलाएकै आधारमा दोषी भन्न नमिल्ने तर्क राखेका थिए । यसअघि पीडितको तर्फबाट बहस गरेकाहरुले सन्दीपलाई थुनामै राख्नुपर्ने माग गरेका थिए।

Advertisement

देश छाडेर विदेश जान नपाउने लगायतका सर्तका कारण सन्दीप संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबईमा हुने आईसीसी विश्वकप लिग–२ खेल्ने नेपाली टोलीमा सहभागी हुन पाएनन्। आफूले विदेश जान नपाउने उच्च अदालतको सर्त खारेजीको माग गर्दै सन्दीपले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

यस्तै, सन्दीपलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सरकारी पक्षले सर्वोच्चमा पुनरवलोकन निवेदन दिएको थियो। सन्दीपले दायर गरेको निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको शुक्रबारको इजलासले सन्दीपको निवेदन र उनलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले दिएको निवेदन साथै राखेर सुनुवाइ गर्नका लागि आइतबारलाई पेसी तोक्न आदेश दिएको थियो।

Advertisement

यसअघि पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि महान्यायाधिवक्ता कार्यालय सर्वोच्च पुगेको थियो । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले गरेको पुनरावेदनमा उच्च अदालतले उक्त आदेश गरेको थियो ।

पाटन उच्च अदालतले सन्दीपलाई विदेश जान पनि रोक लगाएको छ । सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग महान्यायाधिवक्ता कार्यालयको छ । यता सन्दीपले आफूलाई विदेश जान खुला गर्नुपर्ने भन्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

उच्च अदालत पाटनकै आदेशका कारण सन्दीप विश्वकप लिग २ अन्तर्गत यूएईमा सोमबारदेखि सुरु हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोलीमा छैनन् । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म युएई र पपुवान्युगिनीसँग शृङ्खला खेल्दैछ । जुन शृङ्खला अब सन्दीपले गुमाउने छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top