Nepal Times
Nepal Times
3
Shares

४ महिनापछि पानी पर्दा काठमाडौं आएका २ विमान डाइभर्ट

४ महिनापछि पानी पर्दा काठमाडौं आएका २ विमान डाइभर्ट

१४ फागुन, एजेन्सी ।
काठमाडौंमा चार महिनापछि वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले प्रदेश नम्बर १, मधेस र वाग्मती प्रदेशको दक्षिणी भूभागमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा भारतको नयाँ दिल्लीबाट आएको भिस्तारा एयर र इण्डिगो एयरको जहाज दिल्ली फर्काइएको छ ।

कतार एयरवेज, नेपाल एयरवेजसहित अन्य धेरै जहाज नेपाली आकाशमा फन्को मारिरहेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार चट्याङ, हावाको अनियमित गति र वर्षातका कारण जहाजहरु अहिले अवतरण गर्न नसकेका हुन् । अहिले आन्तरिक उडानका जहाजहरु समेत अवतरण गर्न सकेका छैनन् ।

आज यस पटकको पहिलो हिउँदे वर्षा भएको छ । मौसम विभागका अनुसार अक्टोबर १४ पछि आज वर्षा भएको हो । मौसमविद् सञ्जीव अधिकारीले पश्चिमी वायुको प्रभाव रहेकाले अझै केही समय वर्षा हुने जानकारी दिएका छन् । “विन्टर सिजन नै भएकाले लामो समयसम्म वर्षा हुँदैन । १–२ घण्टापछिदेखि पानी रोकिँदै जाने सम्भावना छ ।

उनले भनेका छन्, प्रिमसुन सिजनमा प्रवेश गर्न लागेकाले त्यसको प्रभाव पनि मौसममा देखिएको छ,” । तत्काल विभिन्न भूभागमा चट्याङ पर्ने, मेघ गर्जने भएपछि रातिदेखि मौसम सफा हुँदै जाने अधिकारीले बताएका छन् । आज गण्डककी प्रदेश, वाग्मतीका थोरै स्थान र प्रदेश नम्बर १ को एक÷दुई स्थानमा वर्षाको अनुमान छ ।

‘यी स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ,’ अधिकारीले कान्तिपुरसित भने, ‘वर्षासँगै मेघ गर्जन र चट्याङ पनि परिरहेको छ । ’ विभागले बिहानको मौसम बुलेटिनमा पनि वर्षा हुने अनुमान गर्दै दिउँसो यी प्रदेशमा बद्ली हुने प्रक्षेपण गरेको थियो ।

आइतबार दिउँसो काठमाडौं उपत्यकाको उत्तरपूर्वी स्थानमा वर्षा भइरहेको छ । केही समय वर्षा जारी रहने र राति वर्षा नहुने प्रक्षेपण विभागले जनाएको छ । हिउँद सकिन लाग्दा मुलुकका विभिन्न स्थानमा पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.