एमबाप्पे र मेसीको गोलमा पिएसजीको सानदार जित

एमबाप्पे र मेसीको गोलमा पिएसजीको सानदार जित

१५ फागुन, एजेन्सी ।
फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पे र अर्जेन्टिनी कप्तान लियोनल मेसीले गोल गर्दा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मार्सेलीलाई हराएको छ । स्टेड भेलोड्रोममा सम्पन्न खेलमा राइभल मार्सेलीलाई उसैको घरेलु मैदानमा पिएसजीले ३–० गोलअन्तरले हराएको हो । पीएसजीलाई जित दिलाउन एम्बाप्पेले दुई र मेस्सीले एक गोल गरे ।

खेलको २५ औं मिनेटमा एम्बाप्पेले लियोनल मेसीको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । लगत्तै २९ औं मिनेटमा मेसीले एम्बाप्पेको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । यो गोलसँगै मेस्सीले आफ्नो करियरको ७ सय क्लब गोल पुरा गरेका छन् ।

पहिलो हाफमा दुई गोलले अघि रहेको पीएसजीका लागि दोस्रो हाफमा एम्बाप्पेले नै गोल गरे। खेलको ५५ औं मिनेटमा एम्बाप्पेलले मेस्सीकै पासमा गोल गर्दा शीर्ष स्थानको पीएसजीले दोस्रो स्थानको मार्सेलीमाथि ३–० गोलको जित निकाल्न सफल भयो। जितसँगै पीएसजीले शीर्षस्थानमा ८ अंकको अग्रता बनाएको छ।

२५ खेलबाट ६० अंक जोड्दै पीएसजी शीर्षस्थानमा रहँदा दोस्रो स्थानको मार्सलीको ५२ अंक छ । यता म्यानचेस्टर युनाइटेड इएफएल अर्थात कारवाओ कपको च्याम्पियन बनेको छ । प्रिमियर लिग प्रतिद्धन्द्धी न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै युनाइटेड २०१७ पछि कारवाओ कपको च्याम्पियन बन्न सफल भएको हो ।

६ वर्षअघि अर्थात सन् २०१६–१७ को सिजनमा साउथह्याम्टनलाई हराएर उपाधि जित्न सफल भएको थियो । वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा युनाइटेडलाई च्याम्पियन बनाउन क्यासमिरोले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

३३औं मिनेटमा क्यासमिरोले लुका साको फ्रिकिकमा हेडरमार्फत सानदार गोल गर्न सफल भएका थिए । ३९औं मिनेटमा स्भेन बोटम्यानले आत्मघाती गोल गरेपछि युनाइटेड पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो । मार्कस रासफर्डको प्रहारलाई बचाउने क्रममा स्भेनले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

दोस्रो हाफमा न्यूक्यासलले बल पोसेसन राख्दै युनाइटेडलाई दवावमा राखेपनि गोल गर्न नसक्दा उपाधिबाट वञ्चित बन्न पुग्यो । न्यूक्यासल कुनैपनि च्याम्पियनमा २४ वर्षपछि फाइनलमा पुगेको थियो । न्यूक्यासल सन् १९६९ पछि फाइनलमा पुगेपनि उपाधि भने जित्न सकेन ।

प्रशिक्षक एरिक टेन ह्यागको प्रशिक्षणमा युनाइटेडले पहिलो उपाधि जित्न सफल भएको हो । युनाइटेडले ६ वर्षअघि जोसे मौरिन्होको नेतृत्वमा युरोपा लिगको उपाधि तथा सोही सिजन कारवाओ कपको उपाधि जितेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.