राजसंस्था फर्काउन दुर्गा प्रसाईले गरे आन्दोलनको घोषणा

१५ फागुन ७९, मंगलबार

१६ फागुन, काठमाण्डौ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजसंस्था पुनस्र्थापना गर्ने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाभियानको नाममा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यही फागुन २० गतेबाट राजसंस्था पुनस्र्थापना गर्नका लागि भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

Advertisement

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको दक्षिण गेट अगाडि प्रेम आचार्यले आत्मदाह गरेको स्थानमा आन्दोलनको कार्यक्रम सुरु गर्ने जानकारी दिँदै प्रसाईले त्यसमा सहभागी हुन पनि सबैलाई आह्वान गरेका छन् । त्यसक्रममा उनले आन्दोलनमा आफूहरुले २०४७ सालको संविधान लागू गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नुपर्ने, कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीहरुको मासिक तलव कम्तिमा १ लाख ५० हजार पु¥याउनुपर्ने लगायतका १५ बूँदे माग प्रस्तुत गर्ने समेत बताए ।

कैदी बन्दीहरुलाई जेलमुक्त गराई जेलहरुलाई श्रम शिविरमा रुपान्तरण गर्नुपर्ने, उच्च शिक्षा हासिल गर्न विदेश जानेहरुलाई यही पढने वातावरण बनाउनुपर्ने, बेरोजगार युवाहरुलाई विना धितो ऋण उपलब्ध गराई रोजगारी सृजना गर्नुपर्ने लगायतका माग पनि सरकार समक्ष गरिने प्रसाईले बताए ।

Advertisement

उनले भनेका छन् ‘हाम्रा यी मागहरु पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहन्छ । यसमा सहमती जनाउन पूर्वराजा ज्ञानेन्द्र शाह पनि आउनु हुन्छ । यो लडाई भनेको राष्ट्रको लागि हो, राष्ट्रियताको लागि हो । व्यवस्था बदल्ने लडाई हो । हामीले धर्म खोजेको, राजा खोजेको हो ।’ व्यवसायी प्रसाईले आफूहरुको सो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

उनले बैंक तथा वित्तीय संस्थाहरुको मारमा परेकाहरु आफूहरुको आन्दोलनमा सहभागी दावी समेत गरेका छन् । केही साता अघि पार्टीको नीति र उद्धेश्य विपरित झापामा पूर्वराजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारका सदस्यलाई आमन्त्रण गरेर छुट्टै अभियान सुरुवात घोषणा गरेको दुई साता पछि प्रसाईलाई नेकपा एमालेले केन्द्रीय सदस्यबाट बर्खास्त गरेको थियो ।

Advertisement

राजतन्त्र र हिन्दु राज्यको वकालत गर्दै देशब्यापी अभियान सुरू गरे पछि एमाले प्रदेश १ कमिटीले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो । सो सिफारिस अनुसार प्रसाईलाई एमालेले बर्खास्त गरेको छ । आज मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थालाई क्षमा दिएर अभिभावकीय भूमिकामा पुर्नस्थापित गर्न सामाजिक संजालमार्फत अपिल गरेका छन् ।

उनले लेखेका छन्, कमसेकम एउटा संस्था – राजसंस्था – लाई विगतका गल्तीप्रति क्षमा दिएर अभिभावकीय भूमिकामा पुनर्स्थापित नगर्ने हो भने यो देशमा संकटका बेला साहारा लिने कुनै संस्था बाँकी रहने छैन। रिस–राग, अहं, प्रतिशोध, आक्रोश र व्यक्तिगत ‘विचारभन्दा माथि देश’लाई नराख्ने हो भने हाम्रा भावी पुस्ता पाएसम्म या त देशमै बस्ने छैनन् या तिनले देशभित्र धेरै नै दुख पाउनेछन्। समयमैँ विचार गरौँ। ढिलो गरि आएको चेतना विध्वंशपछि प्राप्त विवेकजस्तै अर्थहीन हुनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top