बेनामे प्रदेशले ‘कोशी’ नाम पायो

१८ फागुन, विराटनगर ।

बाँकी सबै प्रदेशले नाम पाइसक्दा पनि बेनामे रहेको प्रदेश एकले अन्ततः आफ्नो नाम पाएको छ । बुधबार प्रदेश १ को प्रदेशसभाले प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै प्रदेशको नाम अब कोशी प्रदेश रहने भएको छ । बुधबार भएको मत विभाजनमा पक्षमा ८२ मत परेको थियो भने विपक्षमा ४ मत परेको थियो ।

मतदान प्रकियामा चार जना प्रदेश संसद अनुपस्थित रहे । यो संख्या दुई तिहाइभन्दा बढी हो । यो प्रदेशसभा ९३ सदस्यीय छ । नेकपा एमाले सांसद रामबहादुर रानामगर प्रस्तावक रहेर प्रदेशको नाम ’कोशी प्रदेश’ राख्न प्रस्ताव दर्ता गराएका थिए ।

Advertisement

उनको प्रस्तावलाई नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी केन्द्रले समर्थन जनाएका थिए । तरपछि काँग्रेसका राजवंशीले आफ्नो समर्थन फिर्ता लिएको निवेदन प्रदेशसभा सचिवालयमा दिएका थिए । उनले समर्थन फिर्ता लिए पनि कांग्रेस र माओवादी केन्द्रले पनि कोशी प्रदेशमा सहमति जनाएपछि प्रदेशसभाबाट उक्त नाम पारित भएको हो ।

नेकपा एस र जसापले भने प्रदेशको नाम ’किराँत, लिम्बूवान् सगरमाथा प्रदेश’ राख्नुपर्ने प्रस्ताव गरेका थिए । तर, प्रदेशसभाबाट उक्त प्रस्ताव अस्वीकृत भएको छ । नेकपा एमालेले प्रस्ताव गरेको ’कोशी प्रदेश’ लाई सदनमा स्वीकृत गरेपछि पूर्वमुख्यमन्त्री समेत रहेका राजेन्द्र राईले पेस गरेको ’किराँत लिम्बुवान सगरमाथा प्रदेश’ अस्वीकृत भएको हो ।

त्यससँगै बुधबार अबेर राति प्रदेशसभाले प्रदेशको नामकरण गरेको हो । नामाकरणसँगै प्रदेश सभा अनिश्चित कालका लागि स्थगित भएको छ । यस्तै प्रदेश नामकरण भएको खुसीयालीमा आज बिहीबार सार्वजनिक बिदाको घोषणा गरिएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रालयले प्रदेश १ को कोसी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम् पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै बिदाइ घोषणा गरेको हो । यसैबीच प्रदेश सरकारहरुले संघीय तहबाट तोकिएको बाहेक थप ६ दिन सार्वजनिक बिदा दिन पाउने भएका छन् । सरकारले बिदासम्बन्धी व्यवस्थामा सार्वजनिक बिदाका अतिरिक्त भन्दै प्रदेश सरकारहरुलाई यस्तो सुविधा दिएको हो ।

निर्णयमा भनिएको छ, ‘प्रदेश सरकारहरुले आ–आफ्नो प्रदेशको धर्म, संस्कृति र रीतिस्थिति समेतलाई दृष्टिगत गरी घोषणा गरेका बढीमा वर्षको ६ दिनसम्मको सार्वजनिक बिदा गर्ने ।’ यसअघि कतिपय प्रदेश सरकारहरुले आफूखुसी बिदाको निर्णय गरेका थिए ।

तर प्रदेश मातहतकै संघीय कार्यालयहरुले ती बिदा कार्यान्वयन नगर्दा अन्योल भएको थियो । यही समस्या हटाउन सरकारले वार्षिक ६ वटा त्यस्ता बिदामा प्रदेशमा रहेका संघीय सरकारका कार्यालयहरुमा समेत बिदा गर्ने’ घोषणा गरेको हो ।

प्रदेश सरकारले हरेक वर्ष सुरु हुनुभन्दा पहिले राजपत्रमा सूचना प्रकाशित गरी बिदा घोषणा गर्नुपर्नेछ र त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयहरुले गृह मन्त्रालयमा खबर गर्नुपर्नेछ । ६ दिनभन्दा बढी हुने बिदाको निर्णय भने संघीय गृह मन्त्रालयले मात्रै गर्न पाउनेछ । काठमाडौं उपत्यकाभित्रको जिल्लाहरुबारे भने गृहमन्त्रालयले निर्णय गर्ने उल्लेख छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top