गौतम अडानीको सम्पत्ति एकै दिन ५ अर्ब डलरले बढ्यो

२० फागुन, एजेन्सी ।
भारतीय अर्बपति गौतम अडानीको व्यापारिक समूह अडानी ग्रुपमाथि हिन्डेनबर्ग रिसर्चले लगाएको आरोपबारे छानबिन गर्न समिति गठन भएसँगै अडानी समूहका फर्महरूको शेयर मूल्य उच्च अङ्कले बढेको छ । भारतीय सर्वोच्च अदालतले पूर्वन्यायाधीश अभय एम सप्रेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको बीबीसीले जनाएको छ ।

मुख्य न्यायाधीश चन्द्रचुडको नेतृत्वमा रहेको तीन न्यायाधीशको इजलासले हिन्डेनबर्ग रिसर्चको प्रतिवेदनविरुद्ध अडानी समूहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै छानबिन समिति गठन गरेको हो । यस्तै अदालतले स्टक मार्केट नियामक सेबीलाई पनि अडानी समूहका फर्मका शेयर कारोबार नियमसङ्गत भए÷नभएको अध्ययन गर्न निर्देशन दिएको छ ।

हिन्डेनबर्ग रिसर्चले छ हप्ताअघि एक रिपोर्ट सार्वजनिक गर्दै अडानीले आफ्ना समूहका फर्महरूको शेयर हेरफेर तथा जालझेल गरेको आरोप लगाएको थियो । हिन्डेनबर्गको आरोपसँगै अडानीको सम्पत्ति छ हप्ताको बीचमै एक खर्ब ५० अर्ब डलरबाट ३७ अर्ब डलरमा झरेको थियो ।

फोर्ब्सको रियलटाइम जानकारीअनुसार विश्वका धनी व्यक्तिको सूचीमा तेस्रो नम्बरबाट ३० औँ नम्बरभन्दा तल पुगेका अडानी छानबिन समिति गठन भएपछि २६ औँ नम्बरमा उक्लिएका छने । शुक्रबार एकै दिन अडानीको सम्पत्ति पाँच अर्ब डलरभन्दा धेरैले बढेको थियो ।

अडानीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको सम्बन्धबाट नाजायज फाइदा लिएको विपक्षीहरूले आरोप लगाउने गरेका छन् । अमेरिकाको न्युयोर्कमा रहेको हिन्डेनबर्ग रिसर्चले कसरी विश्वका तेस्रो सबैभन्दा धनी व्यक्तिले व्यवसायको इतिहासकै सबैभन्दा ठूलो ठगी गरिरहेका छन् भन्ने शीर्षकमा एक खोजमूलक प्रतिवेदन प्रकाशन गरेको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top