नारायणगढ-मुग्लिङ सडकखण्ड आइतवारबाट नियमित सञ्चालन हुने

२० फागुन ७९, शनिबार
Share this
715shares

२० फागुन, काठमाण्डौ ।

Advertisement

नारायणगढ–मुग्लिन सडक आइतबारदेखि नियमित सञ्चालनमा आउने भएको छ । नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक चारघण्टा बाटो अबरुद्ध हुँदै आएको नागरिक मुग्लिङ सडक खण्ड आइतवारदेखि नियमित आवतजावत हुने भएको हो ।

मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यकाअनुसार पुल बनाउने र सडक मर्मत कार्य सम्पन्न भएकाले आइतवारदेखि नियमिति रुपमा सडक सञ्चालन गरिन लागेको हो ।उनका अनुसार पुल बनाउन पाँच ठाउँमा पहाड काट्नु परेको थियो भने अरू ठाउँको पहाड काट्ने काम लगभग सकिएको र तुइन खोलाको एकातर्फ विस्फोट गराउनु पर्ने बाहेक अन्य काम सम्पन्न भएको उनले जानकारी दिए ।

Advertisement

‘विस्फोट गराउने बेलामा केही दिनका लागि एकाध घण्टा बाटो बन्द हुन सक्छ तर सवारी आवात जावतमा अब समस्य छैन्’ उनले भने । गत पुस ५ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म दैनिक चार घण्टा बाटो बन्द हुदैँ आएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top