जलगैँडाले कोलम्बियाको सातो खायो

२१ फागुन, एजेन्सी ।
कोलम्बियामा ’कोकेन हिप्पोज’ को संख्या बढ्न थालेपछि स्थानीय र त्यहाँको सरकारलाई चिन्ता थपिदिएको छ । कोलम्बियन सरकारले आफ्नो देशमा जलगैँडाको एक प्रजाति ’कोकेन हिप्पोज’ को बढ्दो संख्यालाई नियन्त्रण गर्ने अभियान थालेको छ ।

जसअनुरुप कोलम्बियाले दर्जन बढी हिप्पोलाई भारत र मेक्सिको पठाउने तयारी गरेको छ । हाल कोलम्बियामा १३० देखि १६० वटा हिप्पो रहेका छन् । सुरुमा त्यहाँको हिसेन्डा नेपोलेसमा ४ वटा हिप्पोमात्रै थिए । अहिले भने हिप्पोको संख्या ह्वात्तै बढ्न थालेको र उनीहरु मगडेलने रिभर बेसिनसम्म पुग्न थालेका छन् ।

जसकारण त्यहाँका स्थानीय चिन्तित बनेका छन् । दुई दशकमा कोलम्बियामा हिप्पोहरुको संख्या १ हजार ५०० सम्म पुग्ने भन्दै नेचर जर्लनमा प्रकाशित एक लेखमा उल्लेख छ । अधिकारीहरुले ’कन्ट्रासेप्टिभ डार्ट्स’को प्रयोग गरेर हिप्पोको संख्या वृद्धि रोक्ने प्रयास गरेका थिए ।

तर, त्यो अभियानले केही मात्रमा मात्रै सफलता पायो । अब भने कोलम्बियाले ७० वटा हिप्पोलाई भारत र मेक्सिकोको चिडियाखानामा पठाउने तयारी गरेको छ । जसमा ६० वटा भारतमा र १० वटा मेक्सिको पठाइनेछ । हिप्पोलाई अफ्रिका पठाउनेबारेमा भने सहमति हुन नसकेको अधिकारीहरुले बताएका छन् ।

एक जनावरलाई उसको बासस्थानबाट अर्को नयाँ बासस्थानमा पठाउँदा जनावरसँगै भाइरस, ब्याक्टेरिया लगायत पनि आउने भन्दै त्यसले अफ्रिकाको ’इकोसिस्टम’मा नै प्रभाव पार्न सक्ने भएकाले हिप्पोलाई त्यहाँ पठाउन सहमति हुन नसकेको वैज्ञानिक बताउँछन् । कोलम्बियाले बाँकी हिप्पोहरुलाई पनि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top