श्री एयरको इञ्जिनमा आगो, ७८ यात्रु शकुशल

२५ फागुन, काठमाण्डौ ।
काठमाडौँबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको विमानमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलायन्सको विमानको दाहिने इञ्जिनमा आगलागी भएको हो ।

यससँगै, विमान भैरहवातर्फ नगई काठमाडौँमै फर्किएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले विमान अवतरण भइसकेको र विमानमा रहेका ७८ जना यात्रु सकुशल रहेको बताएका छन् ।

‘उड्ने बित्तिकै विमानको दायाँ इन्जिनमा आगलागी भयो । तत्कालै विमानस्थलमा सुरक्षित अवतरण गराउन सकियो,’ विमानस्थलका प्रबन्धक प्रताबबाबु तिवारीले भनेका छन् । तिवारीका अनुसार उडान नम्बर ८२१ को जहाजको इन्जिनमा आगो देखिएको भन्दै चालक दलका सदस्यले टावरलाई जानकारी गराएका थिए ।

Advertisement

जहाजको इन्जिनमा आगो देखिएपछि जहाजलाई धादिङको थाक्रे क्षेत्रबाट काठमाडौं फर्काइएको थियो । उडेको केहीबेरमा चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएका थिए। त्यसपछि जहाज फर्काएर काठमाडौंमा आकस्मिक अवतरण गर्न भनिएको थियो।

जहाजमा आगो देखिएङ्को सूचना आएपछि विमानस्थलमा उच्च सतर्कता अपनाइएको थियो भने आन्तरिक र अन्तर्राष्ट्रिय उडान केही समय होल्ड गरिएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top