ओलीले गरे कांग्रेससँग मिल्ने कुरा ?दुई दलको सरकार बन्न सक्ने

२५ फागुन, काठमाण्डौ ।
राष्ट्रपतिको निर्वाचनमा आफूले आश गरेका राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी पनि आफ्नो पक्षमा नदेखिएपछि नेकपा एमाले एक्लो देखिएको छ । काग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका पक्षमा रास्वपासहित १० दल उभिएका छन् भने राप्रपा र नेमकिपाले तटस्थ बस्ने निर्णय गरेपछि एमाले एक्लो बनेको छ ।

यस्तो अवस्थामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने बताएका छन् ।राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउनसक्ने बताए ।

उनले आगामी राष्ट्रपतिबाट देशको हितको रक्षा, सार्वभौम सत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने, संविधानको पक्षमा उभिनलाई आफ्नो स्वार्थमा व्याख्या गर्ने, त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षक, पालकको हिसावले देशको अभिभावकको भुमिका वहन गर्नसक्ने राष्ट्रपति आवश्यक रहेको बताए ।

Advertisement

उनले यसअघिका राष्ट्रपतिको आलोचना गर्नेहरु संकीर्ण स्वार्थ बोकेकाहरुले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको मर्यादा नगरेको भन्दै राष्ट्रपतिय प्रणालीलाई नै मन नपराउने, जन्मिदै श्रेष्ट भनेर जस्तो भएपनि पुज्ने बानी परेका र संकीर्णताका काम गर्नेहरुले देशका लागि अडेर काम गरे भनेर बिरोध भएको उल्लेख गरे ।

अध्यक्ष ओलीले यसअघिका दुवै राष्ट्रपतिले उल्लेखनीय काम गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले झनै महत्वपूर्ण रुपमा काम गरेको दाबी गरेका छन् । यता सत्ता गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेलले लगभग राष्ट्रिय सहमति भएको बताएका छन् ।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो पक्षमा उभिने निर्णय गरेपछि उनले यस्तो बताएका हुन् । मतदानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, ‘अब राष्ट्रिय सहमति भयो । लगभल राष्ट्रिय सहमतिमा पुगियो । अब निर्वाचनको परिणामको प्रतिक्षामा छौं ।’ उनले राष्ट्रलाई सहि दिशातिर अगाडि लानको लागि राष्ट्रिय एकता कायम गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

पौडेलसँग एमालेका सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । यता अन्तिम समयमा राष्ट्रपतिका विषयमा निर्णयमा पुगेको रास्वपाले लोकतन्त्रलाई बलियो बनाउन मतदानमा भाग लिने निर्णय गरेको बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ता गठबन्धनको उम्मेदवार रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेर उपचुनावमा सहयोग पाउने अपेक्षा राखेको विश्लेषण गरिएको छ ।

यसअघि प्रचण्ड नेतृत्वको सरकारमा रहदा एमालेले रास्वपालाई उसको भागमा गरेको गृहमन्त्रालय दिनु पर्ने पक्षमा एमाले अध्यक्ष ओलीले प्रचण्डमाथि दबाब बढाएका थिए । तर यसैकारण सरकारबाट बाहिरिएको रास्वपाले अहिलेपनि प्रचण्ड सरकारलाई दिएको समर्थन कायमै राखेको छ भने एमाले प्रतिपक्ष बनेको छ ।

यस्तो बेला ओलीले एमाले र कांग्रेसको सरकार बन्न सक्ने भनी गरेको टिप्पणीलाई महत्वका साथ हेरिएको छ । पछिल्लो समय प्रधानमन्त्री प्रचण्डविरुद्ध परेको मुद्धा अदालतमा विचाराधीन रहेको छ । प्रचण्डको अभिब्यक्तिलाई आधार मानेर दिइएको रिटमा अन्तरिम आदेश आए प्रचण्डको प्रधानमन्त्री पदसमेत गुम्न सक्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top