विश्व कीर्तिमान बनाउन १ विकेटले चुके सन्दीप

२ चैत , काठमाण्डौ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व किर्तिमान बनाउनबाट १ विकेटले चुकेका छन् । दुर्भाग्य किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईबिरुद्धको खेलमा सन्दीपले २ विकेट लिन सफल भएको भए उनले विश्व किर्तिमान बनाउने थिए ।

Advertisement

तर भाग्यले सन्दीपलाई साथ दिएन, उनी विश्व किर्तिमान कायम गर्नबाट बञ्चित रहे । आजको खेलमा उनले यसअघि जस्तो जादु देखाउन सकेनन् । आज निकै महँगो सावित भएका सन्दीपले १० ओभरमा ८० रन दिएर १ विकेट लिएका छन् ।

यदी सन्दीपले आजको खेलमा २ विकेट लिन सकेको भए एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलबाट एक सय विकेट लिने खेलाडी बन्दै विश्व किर्तिमान कायम गर्न सफल हुन्थ्ये । सन्दीप आफ्नो ४१ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेलबाट एक सय विकेट पुरा गर्दै नौलो किर्तिमान बनाउने विश्वकै पहिलो नेपाली खेलाडी बन्ने थिए ।

Advertisement

यसअघि अफगानिस्तानका क्रिकेटर राशिद खानले सन् २०१८ मा ४४ खेलबाट एक सय विकेट पुरा गरेका थिए। यदि सन्दीले आज मात्र अर्को एक विकेट लिएको भएका राशिदको किर्तिमान पनि भङ्ग हुने थियो । सन्दीपको यो ४१ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएकोले उनलाई अझै एकदिवसीय क्रिकेटमा किर्तिमान कायम गर्ने मौका जिवितै छ ।

घरेलु मैदानमा आज क्रिकेट प्रेमी दर्शकहरु सन्दीपको विश्व किर्तिमान र नेपाली टोली विश्वकप छनौटमा स्थान बनाएको हेर्नका लागि उपस्थित छन् । यदि नेपालले आज यो विशाल लक्ष्य प्राप्त गरेको खण्डमा नेपाली क्रिकेट समर्थकका लागि सर्वाधिक खुशीको क्षण बन्ने छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top