रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित

३ चैत, काठमाण्डौ ।

रामसहाय प्रसाद यादव संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन् । संघीय संसद् भवन बानेश्वरमा सम्पन्न मतगणनाअनुसार यादव चौथो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी भए ।

उनले संघतर्फ १८४ र प्रदेशसभातर्फ ३२९ मत प्राप्त गरेका छन् । एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेशसभातर्फ १६९ र संघका १०४ सांसदले गरेको मतदानबाट १६ हजार ३२८ मतभार कायम भयो भने जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाउँदा २५३७ मतभार पाइन् ।

यस्तै, जसपाकी अर्की उम्मेदवार प्रमिला यादवले प्रदेशमा १ मतसहित ४८ मतभार पाइन् । तर, उनले रामसहायलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेकी थिइन् । निर्वाचित भएका यादवलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका थिए ।

बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका जनता समाजवादी पार्टीका यादव देशको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । जसपा अध्यक्ष उपेन्द्र यादवको विश्वास पात्रका रुपमा सर्वसम्मत दलको नेता समेत बनेका यादव ८ दलीय गठबन्धनको बलमा उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

बारा २ मा यादवले तत्कालीन ५ दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शिवचन्द्रप्रसाद कुसहवालाई झिनो मतले पराजित गरेका थिए। नेकपा एमाले र जसपा गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादवले १३ हजार ८ सय २२ मत ल्याएका थिए भने माओवादीका कुसहवाले १३ हजार ४ सय ६८ मत ल्याएका थिए।

यादवले सोही क्षेत्रबाट २०७४ मा समेत जितेका थिए भने २०६४ मा पनि उनी विजयी भएका थिए। २०७०मा मात्रै उनी पराजित भएका थिए। रामसहाय उपेन्द्रको विपक्षमा कहिल्यै नउभिएका नेता हुन् । पार्टी स्थापनादेखि उपेन्द्रसँगै उभिदै आएका उनी विश्वासपात्र मानिन्छन् ।

रामसहाय उपराष्ट्रपतिमा निर्वाचित भएसँगै १४ वर्षपछि उपेन्द्र यादवको अर्काे जित भएको छ । २०६५ फोरमबाट उपराष्ट्रपतिमा परमानन्द झा ३०५ मत ल्याई विजयी भएका थिए । अहिले १४ वर्षअघिकै जस्तो नतिजा उपेन्द्रले दोहोर्याएका छन् ।

त्यतिबेला कांग्रेस, एमाले र फोरम मिलेर माओवादी विरुद्ध मोर्चाबन्दी गरेका थिए। अहिले भने एमालेविरुद्ध मोर्चाबन्दी छ। अब उपराष्ट्रपति जितेपछि उपेन्द्रको संसद् यात्रा फेरि तय हुनेछ। उनी उपनिर्वाचन लड्ने योजनामा छन्।

यसअघि २०६५ साउन ४ गते पहिलो उपराष्ट्रपति चुनावबाट परमानन्द झा विजयी भएका थिए । दोस्रो उपराष्ट्रपतिको चुनावमा माओवादीका नेता नन्दबहादुर पुन विजयी भएका थिए । उनी संविधान बनिसकेपछिको व्यवस्थापिका–संसदबाट उपराष्ट्रपति चुनिएका थिए ।

पुनले खसेको ५४७ मध्ये ३२५ मत ल्याएका थिए । प्रतिस्पर्धामा आएका नेपाली कांग्रेसका अमियकुमार यादवले २१२ मत ल्याएका थिए । २०७४ चैत ४ गते पुन दोस्रोपटक उपराष्ट्रपति भएका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top