Nepal Times
Nepal Times
3
Shares

पोर्चुगलको राष्ट्रिय टिममा रोनाल्डोको पुनरागमन

पोर्चुगलको राष्ट्रिय टिममा रोनाल्डोको पुनरागमन

४ चैत,एजेन्सी ।
भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । उनलाई पोर्चुगलका नयाँ प्रशिक्षक रोबर्टो मार्टिनेजले टोलीमा समावेश गराएका हुन् । यससंगै रोनाल्डोले अब युरोकप छनोट खेल्ने भएका छन् । युरो २०२४ को छनोटअन्तर्गत पोर्चुगललले यही महिना लिचेस्टाइन र लक्जेमवर्गसँग खेल्ने तालिका छ ।

कतार विश्वकपको क्वाटरफाइनलबाटै पोर्चुगल बाहिरिएपछि धेरैले रोनाल्डोको राष्ट्रिय टिममा पुनरागमनमा शंका गरेका थिए । विश्वकपमा मोरोक्कोसँग १ – ० गोलले हारेपछि पोर्चुगलको यात्रा अन्तिम ८ मै रोकिएको थियो । त्यसपछि ३८ वर्षीय फरवार्डको अन्तर्राष्ट्रिय भविष्यमाथि प्रश्नचिन्ह खडा भएको थियो ।

पोर्चुगल क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि रोनाल्डोले रुदै मैदान छोडेका थिए । पोर्चुगल क्वाटरफाइनबाट बाहिरिएसँगै प्रशिक्षक फर्नान्डो सान्तोषले पनि टोली छाडेका थिए । त्यसपछि पोर्चुगल फुटबल फेडेरेसनले बेल्जियमका प्रशिक्षक छाडिसकेका रोबर्टो मार्टिनेज पोर्चुगलको मख्य प्रशिक्षक बने ।

उनले आफ्नो अन्तिम सदस्यीय टोलीमा रोनाल्डोलाई छुटाएनन् । उनले रोनाल्डो टिमको सबैभन्दा महत्वपूर्ण सदस्य भएको बताएका छन् । आफूले खेलाडीको उमेर नहेर्ने बताएका मार्टिनेजले रोनाल्डोको अनुभव टिमका लागि उपयोगी हुने बताएका छन् ।पोर्चुगलले आगमी २३ मार्चमा लिकटेन्स्टाइनलाई घरेलु मैदानमा स्वागत गर्ने तालिका छ ।

त्यसको तीन दिनपछि उसले लक्जमबर्गको भ्रमण गर्नेछ । रोनाल्डो पोर्चुगलका सर्वाधिक गोलकर्ता हुन् । उनले राष्ट्रियबाट एक सय ९६ खेल खेल्दा एक सय १८ गोल गरेका छन् । गत नोभेम्बरमा म्यानचेस्टर युनाइटेड छाडेका ३८ वर्षीय रोनाल्डो हाल साउदी प्रो लिग क्लब अल नासरमा छन् । उनले अल नासरबाट ९ खेलमा ८ गोल गरिसकेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.