Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा फेरि निषेधाज्ञा/भोली पहिचान पक्षधरहरुको वृहत प्रदर्शन

विराटनगरमा फेरि निषेधाज्ञा/भोली पहिचान पक्षधरहरुको वृहत प्रदर्शन

४ चैत, विराटनगर ।
७ प्रदेशमध्ये सबैभन्दा अन्तिममा नाम पाएपनि कोशी प्रदेश अहिले नामकै कारण तनावमा छ । कोशी नाम राखिएपछि पहिचान पक्षधरहरुले यसको विरोध र आन्दोलन गर्दै आएका छन् । आइतबार पनि प्रदेश राजधानी विराटनगरमा उनीहरले वृहत प्रदर्शन गर्ने भएका छन् ।

भोली कोशी प्रदेश नामाङ्कन खारेज गरी पहिचान सहितको नामकरणको माग सहित १ नं प्रदेश पुनःनामकरण संयुक्त संघर्ष समितले प्रदर्शनको तयारी गरेको छ । समितिले राजधानी विराटनगरमा वृहत् प्रदर्शनको तयारी गर्दैछ । यससंगै जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

सम्भावित प्रदर्शनको आकलन गर्दै विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । स्थानीय प्रशासनले शनिबार एक सूचना जारी गदै विराटनगरको अस्पताल चोक क्षेत्रमा रहेको प्रदेशसभा, पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पताल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेषचोकदेखि दक्षिण जतुवा चोक र मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म प्रदर्शन गर्न नमिल्ने गरी निषेधित क्षेत्र घोषणा गरेको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकलाई पनि प्रशासनले निषेधित क्षेत्र तोकेको छ । चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, ¥याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रसासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । आदेश उल्लङ्घन गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने प्रशासनले सूचनामा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.