Nepal Times
Nepal Times
3
Shares

सभामुखको अभिव्यक्ति आपत्तिजनकः पत्रकार महासंघ

सभामुखको अभिव्यक्ति आपत्तिजनकः पत्रकार महासंघ

४ चैत, काठमाण्डौ ।
नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएका अभिव्यक्ति फिर्ता लिन माग गरेको छ । संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र बधाई दिन पत्रकार महासंघको प्रतिनिधिमण्डलले शुक्रबार सभामुख घिमिरेसँग भेट गरेको थियो ।

त्यसक्रममा घिमिरेले पत्रकारहरु विक्रिमा रहेको आरोप लगाएका थिए । उनले पित पत्रकारिता बढेको बताउँदै भनेका थिए, बिग हाउसहरुले प्रभावित पारेको छ । थर्काएर गरेको छ, किनेर गरेको छ, फकाएर गरेको छ।अनेक ढंगले प्रभावित गरेको छ । त्यसको प्रभाव हाम्रो समाजमा निकै परेको छ ।

सभामुखले दिएको उक्त अभिव्यक्तिले सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको महासंघले बताएको छ । उनले आफ्नो अभिब्यक्ति नसच्याए वा प्रमाणित नगरे दबाबमूलक कार्यक्रम गर्ने महासंघले बताएको छ। ‘सार्वभौम संसदको मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद छ’, महासंघले विज्ञप्तिमा जारी गर्दै भनेको छ ।

सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत् ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको थियो । तर, सचिवालयबाट आधिकारिक धारणा आएन ।

आफ्ना आरोप पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्धता जनाउन सभामुखसमक्ष महासंघ आग्रह गरेको छ । ‘सभामुखबाट आएको आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभएमा महासंघ कानूनीलगायतका अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुने जानकारी गराइन्छ’, महासंघले भनेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.