रुसी राष्ट्रपतिमाथि युद्ध अपराधको आरोप/पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

४ चैत ,एजेन्सी ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आईसीसीले युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रुस पठाउने लगायतका युद्ध अपराधका लागि उनी जिम्मेवार रहेको आरोप लगाएको छ ।

आईसीसीका न्यायाधीशहरूले पुटिनसहित मारिया अलेक्सेभना लभोभा–बेलोभाविरुद्ध पक्राउ वारेन्ट जारी गरेको हो । मारिया रुसको बाल अधिकार आयुक्त हुन् । युक्रेनमा आक्रमणपछि युक्रेनी बालबच्चालाई गैरकानुनी रुपमा रुस लगिएको हुँदा उनलाई समेत अन्तर्राष्ट्रिय अपराधको दायरामा पक्राउ पुर्जी जारी गरिएको हो ।

युक्रेनमा २४ फेब्रुअरी २०२२ बाट रुसले युक्रेनमाथि हमला गरेको आईसीसीले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत नेदरल्यान्डसस्थित अन्तर्राष्ट्रिय स्थायी न्यायाधिकरण संयन्त्र हो । जसमा जन–नरसंहार, मानवताविरुद्धको अपराध, युद्ध अपराध र आक्रमणको अपराधको लागि अपराधीहरूकोविरुद्ध मुद्दा चलाइन्छ ।

पुटिन र रुसविरुद्ध युद्ध अपराधमा यहि फेबुअरी २२ मा मुद्दा दायर भएको थियो । यस अदालत रोम स्टेट्युटमार्फत् गठन भएको हो । यता मस्कोले आक्रमणका क्रममा युद्ध अपराधको आरोप अस्वीकार गरेको छ । रुसी विदेश मन्त्रालयका प्रवक्ताले पक्राउ पुर्जी अर्थहीन भएको बताएका छन् । “अन्तर्राष्ट्रिय फौजदारी अदालतका निर्णयले हाम्रो देशका लागि कानुनी दृष्टिकोण सहितको कुनै अर्थ राख्दैनन्,“ मारिया जाखारोभाले भनेकी छिन् ।

उनले त्यसो भन्नुको कारण पक्राउपुर्जी जारी भए पनि आईसीसीसँग सन्दिग्धलाई गिरफ्तार गर्ने कुनै शक्ति छैन र अदालत स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरिएका देशहरूमा मात्र उसले आफ्नो अधिकारको प्रयोग गर्न सक्छ । रुस आईसीसीसम्बन्धी सम्झौताको हस्ताक्षरकर्ता होइन, त्यसले गर्दा पनि उक्त देशबाट सुपुर्दगी हुने सम्भावना छैन ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top