Nepal Times
Nepal Times
3
Shares

दुई वर्षपछि युट्युबमा फर्किए डोनाल्ड ट्रम्प

दुई वर्षपछि युट्युबमा फर्किए डोनाल्ड ट्रम्प

४ चैत, एजेन्सी ।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः युट्युबमा फर्किएका छन् । आफ्नो युट्युब च्यानलबाट गायब भएको दुई वर्षपछि ट्रम्प युट्युबमा फर्किएका हुन् । उनले आफ्नो युट्युब च्यानल र आफ्नो फेसबुक पेजमा ११ सेकेन्डको भिडिओ पोस्ट गरेका छन् ।

जसमा उनले लेखेका छन्, ‘आई एम ब्याक’ । यो भिडियो उनको एक चुनावी ¥यालीको हो, जसमा उनी भनिरहेका छन्, ‘तपाईंलाई पर्खाएकोमा माफी चाहन्छु, यो जटिल घटना हो ।’ सन् २०२० मा भएको राष्ट्रपती निर्वाचनमा पराजयपछि उनका समर्थकहरूले वाशिङटनको क्यापिटल बिल्डिङमा आक्रमण गरेका थिए ।

त्यसपछि उनको सामाजिक सञ्जाल अकाउन्ट फ्रिज गरिएको थियो । उनलाई सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकहरूलाई आक्रमण गर्न उक्साएको आरोप समेत लागेको थियो । ट्रम्प पुनः राष्ट्रपति चुनावको तयारी गरिरहेका छन् ।

यसैलाई विचार गरेर ट्रम्पलाई सोसल मिडियामा फर्किन अनुमति दिइएको अनुमान गरिएको छ । चुनाव लड्दै गरेका सबै उम्मेदवारको योजना मतदाताले सुन्न पाउनुपर्ने युट्युबले बताएको छ । यसै वर्ष जनवरीमा ट्रम्पले फेसबुक र इन्स्टाग्राममा पनि पुनरागमन गरेका थिए । गत वर्ष नोभेम्बरमा उनले आफ्नो ट्विटर अकाउन्ट फिर्ता पाएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.