आज देशभर वर्षा, कहाँ कहाँ पर्दैछ पानी ?

४ चैत ७९, आइतबार

५ चैत, काठमाण्डौ ।
अहिले काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण भोलि र पर्सि पनि मौसममा गडबडी रहने मौसमविद् प्रतिभा मानन्धरले बताएकी छन् ।

मौसमविद् मानन्धरका अनुशार आज देशैभर आशिंकदेखि सामान्य बदलीको अवस्था छ । पश्चिमको गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा वर्षा भइरहेको छ भने पूर्वको कोशी, मधेस र वाग्मती प्रदेशको थोरै स्थानमा वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकामा आज राति पनि वर्षा हुने सम्भावना रहेको उनले बताइन् । ‘देशैभर हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । काठमाडौंमा एक घण्टाजति वर्षा रोकिएपनि फेरि राति वर्षा हुने सम्भावना रहेको उनले बताएकी छन् ।

Advertisement

उनका अनुशार पानी परेपछि फेरि नयाँ बादल बन्ने र पानी पर्ने प्रकृया चलिरहेको छ । अहिले देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् मानन्धरले देशका विभिन्न ठाउँहरुमा भोलि र पर्सि पनि बदली र वर्षा हुने सम्भावना रहेको बताइन् ।

मानन्धरका अनुशार देशैभरको लागि हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । बिहानभन्दा १२ बजेपछि वर्षाको सम्भावना बढ्दै बढ्दै गएको छ । आज देशका पहाडी भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Advertisement

राती भने देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघ गर्जन, चट्याङ्ग र हावा हुरीबाट क्षति हुन नदिन आवश्यक तयारी गरी सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top