सरकारले जिउँदै ब्यक्तिलाई सहिद बनायो

५ चैत, काठमाण्डौ ।
सरकारले सहिदको नाममा समेत खेलाँची गर्न थालेको देखिएको छ । सरकारले सार्वजनिक गरेको सहिदको सूचीमा जिउँदै ब्यक्ति समेत परेपछि शहीदको नाममा सरकारको हेलचेक्राई बाहिर आएको हो । सरकारले फागुन १५ मा सार्वजनिक गरेको सहिदको सूचीमा डोटीको बडीकेदार गाउँपालिका–२ का ५९ बर्षीय चक्रबहादुर मटेलीको नाम पनि समावेश छ ।

सशस्त्र बिद्रोहका साथै विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरुलाई सम्मान स्वरुप सहिद घोषणा गर्ने निर्णय गरिएको थियो। फागुन २९ मा प्रकाशित राजपत्रमा डोटी जिल्लाबाट सहिद घोषणा गरिएका ६३ जनामध्ये मटेलीको नाम ४२ औं नम्बरमा छ ।

०५९ साल बैशाख १९ गते उनको मृत्यु भएको उल्लेख छ । जिउदै सहिदको सूचीमा आफ्नो नाम परेपछि उनले आफू मृत्युतुल्य अवस्थामा रहेकाले सरकारले पहिलै सहिद घोषणा गरेको होला भन्दै ब्यंग्य गरेका छन् । साविकको बर्छैन गाउँ विकास समिति–८ का मटेली १९ वैशाख ०५९ मा तत्कालीन शाही नेपाली सेनाले गरेको आक्रमणमा परी घाइते भएका थिए ।

Advertisement

उनको घाँटी, मुख र पाखुरामा गोली लागेको थियो । त्यस वेला आफुलाई म¥यो भनेरै छोडेको उनी वताउँछन् । नेकपा माओवादी केन्द्र डोटीका संयोजक कमलबहादुर गड्सिलाले चक्रबहादुर मटेलीको नाम त्रुटिवश सहिदको सूचीमा समावेश भएको हुन सक्ने बताएका छन् ।

खासमा मटेली माओवादी वा सैनिक नभई सर्वसाधारण किसान भएको वताईन्छ। त्यसवेलाको घटनामा सेनाको गोलीबाट स्थानीय ७० बर्षीय रणबहादुर चन्द, ६५ बर्षीय दलबहादुर चन्द, २५ बर्षीय लालबहादुर चन्द र १८ बर्षीय टेकबहादुर चन्द तथा गोरु किन्न भनेर पुगेका पुड्केपानी गाउँका डबलबहादुर सार्कीले ज्यान गुमाएका थिए।

Advertisement

गत फागुन १५ गते बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म सहिद भएकाको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो ।

७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले बताएका छन् । जनयुद्धका सहिदहरूले राष्ट्रिय सहिदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको भएपछि उनीहरूले राष्ट्रिय सहिदको मान्यता पाउन सकेका थिएनन् । यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकले राष्ट्रिय सहिदको मान्यता पाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top