NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मितेरी पुलमा बेलिब्रिज बनाउन चीन तयार,दशैं अघि नै बनिसक्ने शुक्रबार साउन २ , २०८२
श्रमिकको न्युनतम तलब २२ सय ५० रुपैयाँले बढ्यो शुक्रबार साउन २ , २०८२
बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते  बिहिबार साउन १ , २०८२
अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा बिहिबार साउन १ , २०८२
आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण  बिहिबार साउन १ , २०८२
Next
Prev

समाचार

छिटो बाटोबाट बेपत्ता छानबिन विधेयक आउँदै

आइतवार चैत्र ५ , २०७९
Reading Time: 1 min read
A A
छिटो बाटोबाट बेपत्ता छानबिन विधेयक आउँदै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ चैत, काठमाण्डौ ।
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक २०७९ संसदमा पेस गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विधेयक पेस गरेकी हुन् ।

विधेयकको विरोधमा राप्रपा र नेपाल मजदुर किसान पार्टीले विरोधको सूचना दर्ता गराएका छन् । उनीहरूले द्वन्द्वकालमा गम्भीर मानव अधिकारको उल्लङ्घन गरेका घटना र फौजदारी अभियोगका घटनालाई पनि मिलापत्र गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् ।

तर सञ्चारमन्त्री शर्माले भने सशस्त्र द्वन्द्वको समयमा भएका मानव अधिकारको गम्भीर उल्लंघन गर्ने व्यक्तिले छुट नपाउने व्यवस्थासहितको विधेयक सरकारले ल्याएको बताएकी छिन् । उनले यो शान्ति प्रक्रियाको अन्तिम चरणको काम भएको पनि उल्लेख गरेकी छिन् ।

Advertisement

यता राष्ट्रिय मानवअधिकार आयोगले भने संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकलाई संसद्मा छलफलबिनै पारित गर्न लागिएको भन्दै आपत्ति जनाएको छ । संसद्मा विषयगत समिति बनाएर बेपता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकमाथि पर्याप्त छलफल गर्न आयोगले सरकार र दलहरूसँग अपिल गरेको छ ।

समितिहरू गठन नभइसकेको अवस्थामा पेस हुन लागेको विधेयक संसद्मा पनि छलफलबिनै पारित हुने देखिएपछि आयोगले बिहीबार विज्ञप्ति जारी गरेर यसो नगर्न भनेको हो । पीडित, अन्तर्राष्ट्रिय समुदाय र सर्वोच्च अदालतले संक्रमणकालीन न्याय प्रक्रियालाई विश्वसनीय बनाउन पटक–पटक भन्दै आए पनि सरकारले नसुनेको आयोगले जनाएको छ ।

गत असार ३१ मा संसद्मा पेस गरेको संशोधन विधेयकमाथि कानुन, न्याय तथा मानवअधिकार समितिमा दफाबार छलफल हुँदै गर्दा प्रतिनिधिसभाको कार्यकाल सकिएको थियो । मानवअधिकार उल्लंघनलाई गम्भीर र सामान्य भनी परिभाषित गर्ने र विशेष अदालतले गरेको निर्णयउपर पुनरावेदन नलाग्नेलगायतका विवादित प्रावधानका कारण विधेयक आलोचित बनेको थियो ।

सरकारले पुनरावेदन गर्ने पीडितको अधिकारलाई समावेश गरेर र मुद्दा चलाउने हदम्यादलाई ६ महिनाबाट एक वर्ष थप गरेर बाँकी पहिलेकै प्रावधानका साथ विधेयक पुनः पेस गरेकामा पीडितले विरोध गर्दै आएका छन् । कानुन मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्मालाई विधेयक संसद्मा अघि बढाउने जिम्मेवारी दिएका छन ।

सरकारले विधेयक पेस गरेपछि त्यसमाथि दफावार छलफलका लागि समितिमा पेस गर्ने वा सदनमै भएको छलफलका आधारमा निर्णयार्थ पेस गर्ने भन्ने अधिकार मन्त्रीसँग रहन्छ । तत्कालीन कानुनमन्त्री गोविन्द शर्मा कोइरालालाई विधेयक समितिमा दफावार छलफलका लागि पेस गर्न पीडित समुदाय र मानवअधिकार आयोगले चर्को दबाब दिएका थिए ।

त्यसलाई सम्बोधन गर्दै मन्त्री कोइरालाले विधेयकलाई समितिमा लैजाने निर्णय गरेपछि त्यसमा पर्याप्त संशोधन परेको थियो । तर, समितिबाट विधेयक पूर्ण सदनमा आउनुअघि नै प्रतिनिधिसभाको कार्यकाल सकिएपछि विधेयक त्यसै निष्क्रिय हुन पुगेको थियो ।

अहिले संसद्को नियमावली नबनिसकेकाले समितिहरू गठन भएका छैनन । यो बेला पेस भएको विधेयकलाई समितिमा लगिराख्ने दबाब सरकारलाई हुँदैन । मौकाको यही फाइदा उठाएर सरकारले विधेयक कुनै छलफलबिनै संसद्मा पेस गरेको भन्दै मानवअधिकारकर्मीहरुले विरोध गरेका हुन् ।

Tags: #बेपत्ता छानबिन विधेयक#विधेयक संसदमा पेस

लोकप्रीय

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

मितेरी पुलमा बेलिब्रिज बनाउन चीन तयार,दशैं अघि नै बनिसक्ने

शुक्रबार साउन २ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

श्रमिकको न्युनतम तलब २२ सय ५० रुपैयाँले बढ्यो

शुक्रबार साउन २ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते 

बिहिबार साउन १ , २०८२

विचार

थप समाचार

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क
ताजा समाचार

मितेरी पुलमा बेलिब्रिज बनाउन चीन तयार,दशैं अघि नै बनिसक्ने

शुक्रबार साउन २ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
आर्थिक

श्रमिकको न्युनतम तलब २२ सय ५० रुपैयाँले बढ्यो

शुक्रबार साउन २ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा
अन्तर्राष्ट्रिय

बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते 

बिहिबार साउन १ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा

बिहिबार साउन १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

मितेरी पुलमा बेलिब्रिज बनाउन चीन तयार,दशैं अघि नै बनिसक्ने

शुक्रबार साउन २ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

श्रमिकको न्युनतम तलब २२ सय ५० रुपैयाँले बढ्यो

शुक्रबार साउन २ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते 

बिहिबार साउन १ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.