×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

‘पत्रकार विक्रीमा’ भन्ने अभिब्यक्ति सभामुखले फिर्ता लिए

७ चैत्र २०७९

७ चैत,काठमाण्डौ ।
चौतर्फी आलोचना बढेपछि सभामुख देवराज घिमिरेले पत्रकार विक्रीमा छन् भन्ने आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन् । सोमबार अपरान्ह नेपाल पत्रकार महासंघका पदाधिकारीहरुलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाई सभामुख घिमिरेले आफूले दिएको सो अभिव्यक्ति फिर्ता लिएको बताएका हुन ।

सभामुख घिमिरेले त्यसबारे शब्द चयनमा गल्ती भएको स्विकार्दै घुमाउरो तरिकाले माफी मागेका छन् । उनले आफ्नो धारणाले सञ्चारकर्मीमाथि परेको असरमाथि आफू चिन्तित रहेको बताएका छन् । गत चैत्र ३ गते नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा ‘पत्रकारहरु विक्रीमा छन’ भन्ने अभिव्यक्ति दिएपछि उनी विवादमा परेका थिए ।

Advertisement
Advertisement

भेटमा महासंघको प्रतिनिधिमण्डलले सभामुखबाट व्यक्त धारणाले सञ्चारकर्मीको आत्मसम्मानमा चोट परेको बताएको थियो । त्यस क्रममा सभामुख घिमिरेले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो प्रतिबद्धतामा कहिल्यै कमी नआउने बताएका थिए ।

उनले शब्द चयन नमिलेका कारण सञ्चारकर्मीमा परेको असरप्रति आफू चिन्तित रहेको भन्दै संसद् र प्रेससँगको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिएको सभामुखको सचिवालयले जनाएको छ । सभामुख घिमिरेले सञ्चारकर्मीका लागि संसद् सदा खुला रहने बताउँदै सञ्चारसँग सम्बन्धित कानुन निर्माण गर्दा महासंघसहित सरोकारवालासँग छलफल गर्ने पनि बताएका छन् ।

Advertisement
Advertisement

सभामुखको अभिब्यक्तिको नेपाल पत्रकार महासंघ लगायत विभिन्न संघ संगठनले भर्तसना गरेको थिए । सभामुखको अभिब्यक्तिलाई लिएर प्रतिनिधिसभाका समेत प्रश्न उठेको थियो । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेता रामहरि खतिवडाले त सभामुखलाई आत्मालोचनाको सुझाव दिएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top