Nepal Times
Nepal Times
3
Shares

थ्री नेसन्स कपको टिकट कति ?टिममा को–को परे ?

थ्री नेसन्स कपको टिकट कति ?टिममा को–को परे ?

७ चैत, काठमाण्डौ ।
प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्ने नेपालको टिम घोषणा भएको छ । नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले मंगलबार २३ सदस्सीय टिम घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एनीसले घोषणा गरेको टोली ७ जना नयाँ अनुसार छन् ।

अभिषेक बराल, सनिश श्रेष्ठ, पदम भट्टराई, मणिकुमार लामा, सुमित श्रेष्ठ, नवीन लामा र दीपकराज सिंह ठकुरीलाई पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताका लागि भुटान र लाओसको टोली सोमबार नेपाल आईसकेका छन् । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् । प्रतियोगिताको पुरस्कार राशी राष्ट्रिय खेलकुद परिषद (राखेप) ले उपलब्ध गराउने छन् । पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ ।

चैत ११ गते भुटान र लाओस भिड्ने छन् ।त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् । प्रतियोगितामा एन्फाले दुई फरक टिकट दर राखेको छ । सामान्य प्याराफिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको एन्फाले जनाएको छ । टिकट खल्ती एपबाट किन्न सकिनेछ । नेपाली टोलीको गोलकिपरमा किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल रहेका छन् ।

यस्तै डिफेन्डरमा सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी, निशान खड्का छन् । यसैगरी मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट , नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा, भरत खवास । फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ, मनिष डाँगी रहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.