कार्बनडाइअक्साइडले भरियो वायुमण्डल/पृथ्वी एक लाख २५ हजार वर्षयताकै तातो

६ चैत ७९, मंगलबार

७ चैत, एजेन्सी ।
पृथ्वीको वायुमण्डलमा तापक्रम बढाउने ग्यास कार्बनडाइअक्साइडको मात्रा २० लाख वर्षयताकै उच्च मात्रामा पुगेको छ । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसी)को रिपोर्टले यस्तो देखाएको हो । संयुक्त राष्ट्रसंघलाई सुझाव दिने विज्ञहरूको समूहका रूपमा रहेको आईपीसीले सोमबार सार्वजनिक गरेको रिपोर्टमा पृथ्वीको तापक्रम १.१ डिग्री सेल्सियस बढिसकेको जनाइएको छ ।

विश्वभरका मुलुक यसअघि विश्वकै तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न सहमत भएका थिए । तर, विज्ञले सन् २०३० सम्म तापक्रम वृद्धि १.५ डिग्री सेल्सियस नाघ्न सक्ने बताएका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यो रिपोर्ट ‘मानवताको रक्षाका लागि मार्गनिर्देशन’ भएको बताएका छन् ।

उनले सबै देशले यो दशकभित्र ‘नेट जेरो’ योजना सार्वजनिक गर्नुपर्नेमा जोड दिए । आउँदो नोभेम्बरमा हुने राष्ट्रसंघीय जलवायु सम्मेलन कोप२८ अघि सार्वजनिक आईपीसी रिपोर्ट २०१८ देखि प्रकाशित हुँदै आएको छ । यसले जलवायु परिवर्तनका कारण पृथ्वीमा परिरहेको असर र भोलिका दिनमा पार्ने झनै गम्भीर प्रभावबारे अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने गर्छ ।

Advertisement

शताब्दीमा एकपटक आउने चरम तटीय बाढी सन् २१०० सम्म वार्षिक रूपमा आउन सक्ने रिपोर्टमा जनाइएको छ । यस्तै, पृथ्वी अहिले एक लाख २५ हजार वर्षयताकै उच्च तापक्रमको विन्दुमा पुगेको र आउँदो दशकमा यो अझै बढ्दै जाने रिपोर्टमा उल्लेख छ ।

पृथ्वीको तापक्रम बढाउने हरितगृह ग्यासको निकै कम उत्सर्जनले अब १.५ डिग्री सेल्सियको तापमानको लक्ष्य हासिल गर्न कठिन स्थिति रहेको रिपोर्टमा जनाइएको छ । तापक्रम यो लक्ष्यभन्दा बढेमा पृथ्वीमा जोखिम धेरै हुनेछ । तर, सौर्य र सोलार ऊर्जा निकै सस्तो बनाउन सके राम्रो उपलब्धि हासिल हुन सक्ने रिपोर्टका लेखकहरू बताउँछन् ।

Advertisement

कार्बनडाइअक्साइड उत्सर्जन गर्ने सवारी निरुत्साहित गर्ने, खाना खेर फाल्ने र खाने प्रचलको फेरबदलजस्ता गतिविधिले पनि जलावयु परिवर्तन रोक्न मद्दत गर्ने उनीहरूको भनाइ छ । ठूलो मात्रामा नेट जेरो उत्सर्जनको लक्ष्य हासिल गर्न चाँडोभन्दा चाँडो कार्बनडाइअक्साइड हटाउने प्रविधि ल्याउन सके त्यसले ठूलो सहयोग पु¥याउने विज्ञहरू बताउँछन् ।

नेट जेरोको अर्थ उत्पन्न हुने हरितगृह ग्यासको मात्रा र वायुमण्डलबाट हट्ने हरितगृह ग्यासको मात्रा बराबर हुने सन्तुलित अवस्था हो । जीवाश्म इन्धनको प्रयोगले ठूलो मात्रामा हरितगृह ग्यास उत्सर्जन गर्छ । रुखबिरुवाले कार्बन्डाइअक्साइडको प्रयोग र भन्डारण गरी वायुमण्डलमा यसको मात्रा घटाउँछन् । वायुमण्डलमा थुपारिने हरितगृह ग्यासले सूर्यको प्रकाश अवशोषित गर्छ र पृथ्वीको तापक्रम बढाउँछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

सम्बन्धित समाचार

Scroll to Top