विश्वकप क्रिकेटको फाइनल विश्वकै ठूलो रंगशालामा हुने

९ चैत,एजेन्सी ।
सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको खेल समयको तालिका भारतीय क्रिकेट कन्ट्रोल बार्ड (बीसीआई)ले सार्वजनिक गरेको छ । ५ अक्टोवरदेखि शुभारम्भ हुने विश्वकप क्रिकेटको फाइनल खेल विश्वकै सबैभन्दा ठूलो स्टेडियम अहमदावादको नरेन्द्र मोदी स्टेडियम १९ नोभेम्वरमा हुने पक्का भएको छ ।

भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा विश्वका १० टोलीको सहभागिता रहने छ । प्रतियोगिता ४६ दिनसम्म चल्ने छ । यो दौरान १० टोलीका बिच ३ प्लेअफ समेत कुल ४८ खेलको आयोजना हुनेछ । विश्वकप क्रिकेटको खेलको आयोजनाको लागि बीसीसीआईले अहमदाबाद, बेङ्गलुरु, चेन्नई, दिल्ली, धर्मशाला, गुवाहटी, हैदरबाद, कोलकोता, लखनउ, इन्दौर, राजकोट र मुम्बई जस्ता शहरलाई चुनेको छ ।

आईसीसी अन्तर्गत आयोजना गरिने विश्वस्तरीय प्रतियोगिताको खेल समय तालिका एक बर्ष अघि नै सार्वजनिक गरिने प्रचलन रहदै आएको छ । तर बीसीसीआईले भारत सरकारसँग विशेष मुद्दामा मञ्जुरी लिनुपर्ने भएकोले यसमा ढिलाई भएको हो ।

Advertisement

यी विशेष दुइ मुद्दाहरुमा पाकिस्तानको टोलीको भिजा मञ्जुरी र प्रतियोगिताको लागि ट्याक्स फ्रि रहेका छन । हालै दुबईमा सम्पन्न अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को वैठकमा बीसीसीआई पाकिस्तानी टोलीलाई भिजा उपलब्ध गराउने आश्वासन दिएको थियो ।

पाकिस्तानी टोलीलाई भिजा उपलब्ध गराउने कुरामा भारत सरकार लचिलो बनेपनि ट्याक्स छुटको बारेमा भने छलफल भइरहेको छ । केहि समयपश्चात नै बीसीसीआई यो सम्वन्धमा आईसीसीलाई जानकारी गराउने छ । भारतमा भारत र पाकिस्तानको अन्तिम खेल सन २०१२ मा भएको थियो ।

Advertisement

त्यसपछि भारत सरकारले आईसीसीका प्रतियोगिता बाहेक अन्य कुनै पनि क्रिकेट पाकिस्तानीसंग नखेल्ने निर्णय गरेपछि त्यसपछि अहिलेसम्म दुई राष्ट्रबिच कुनैपनि क्रिकेट श्रृंखलाको आयोजना हुन सकेको छैन । विश्वकपको जिम्वावे छनोट पार गर्न सके नेपाल पनि पहिलो पटक सो विश्वकपमा सहभागि हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top