×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

पाकिस्तानमा हनुमानको निन्दा गर्ने पक्राउ

९ चैत्र २०७९

९ पौष, एजेन्सी ।
पाकिस्तानमा हिन्दू देवताको निन्दा गरेको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । सिन्ध प्रान्तमा प्रहरीले हिन्दू धर्मावलम्बीहरूको देवता हनुमानको अपमान गरेको आरोपमा निन्दासम्बन्धी कानुन अन्तर्गत एक पत्रकारलाई पक्राउ गरेको बीबीसी उर्दूले जनाएको छ ।

यस विषयमा मिरपुरखासस्थित ’स्याटलाइट’ प्रहरी चौकीमा उजुरी दर्ता भएको छ । उजुरीकर्ता रमेश कुमारले आफू लुहाना पञ्चायत मिरपुरखासको उपाध्यक्ष भएको बताएका छन् । मार्च १९ मा आफ्ना साथीहरूसँग रहँदा असलम बलोच नामक स्थानीय पत्रकारले आफ्नो फेसबुक पेज र ह्वाट्सएप ग्रुपमा भगवान् हनुमानको तस्बिर सेअर गरेको देखेको उनको दाबी छ ।

Advertisement
Advertisement

ति पत्रकारले फेसबुक र व्हाट्सएपमा हनुमानको तस्बीर राखेर लेखेका छन्, “क्याप्टेन श्री राम पार्क वाला.“ । पाकिस्तानका हिन्दु समुदायका मानिसहरुले उक्त सोशल मीडिया पोस्टको विरोध गरेका छन् । हनुमानको उक्त तस्बिर साझा गरेर पत्रकार अस्लम बलोचले आफू र उनीजस्ता अन्य हिन्दूहरूको धार्मिक आस्थामा चोट पु¥याएको उजुरीकर्ता रमेश कुमारले जाहेरीमा पनि उल्लेख गरेका छन् ।

बलोचले धर्महरूबीच शत्रुता फैलाउने र कानुनी व्यवस्था बिगार्ने प्रयास गरेको उनको दाबी छ । प्रहरी चौकीले सोही उजुरीको आधारमा असलम बलोचविरुद्ध पाकिस्तान दण्ड संहिताको धारा २९५ ए र १५३ ए अन्तर्गत मुद्दा दर्ता गरेको छ । पाकिस्तान दण्ड संहिताको धारा २९५ ए मा दुई धर्मका बीचमा वैरभाव फैलाउने प्रयास गर्नेहरूलाई सजाय दिइने प्रावधान छ ।

त्यस्तै धार्मिक आस्थामा चोट पु¥याएको खण्डमा १० वर्षसम्म कैदको व्यवस्था छ । पाकिस्तानमा प्रायः अल्पसङ्ख्यक धर्मका मानिसहरू विरुद्ध अर्को धर्मको ईश्वर निन्दाको आरोप लाग्ने गरेको छ । तर कतिपय अवस्थामा बहुसङ्ख्यक मुस्लिम समुदायका मानिसहरू विरुद्ध पनि निन्दाको आरोपमा मुद्दा दर्ता भएका छन् ।

यसैबीच प्रहरी हिरासतमा रहेका बलोचले एउटा भिडिओ सन्देश सार्वजनिक गरेका छन् जसमा उनले हिन्दू समुदायसँग माफी मागेका छन् । उनले उक्त पोस्ट आफूले नगरेको दाबी गरेका छन् । त्यो अरू कसैले आफूलाई र आफूले अन्य साथीहरूलाई पठाएको उनले बताए । बलोचले आफू सधैँ हिन्दू धर्मका कार्यक्रममा सहभागी हुने गरेको बताए ।

Advertisement
Advertisement

उजुरीकर्ताले भने यो सबै उनको षड्यन्त्र हुन सक्ने बताएका छन् । पाकिस्तानमा अत्यधिक हिन्दूहरू सिन्ध प्रान्तमा मात्र बसोबास गर्छन् । त्यहाँको ७० प्रतिशत हिन्दू जनसङ्ख्या मिरपुरखासमा छ । त्यस क्षेत्रमा थारपार्कर, उमरकोट र सङ्घरजस्ता सीमावर्ती जिल्लाहरू पर्छन् । यी जिल्लाहरूको सिमाना भारतसँग जोडिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top