Nepal Times
Nepal Times
3
Shares

विश्वकप क्रिकेटको फाइनल विश्वकै ठूलो रंगशालामा हुने

विश्वकप क्रिकेटको फाइनल विश्वकै ठूलो रंगशालामा हुने

९ चैत,एजेन्सी ।
सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको खेल समयको तालिका भारतीय क्रिकेट कन्ट्रोल बार्ड (बीसीआई)ले सार्वजनिक गरेको छ । ५ अक्टोवरदेखि शुभारम्भ हुने विश्वकप क्रिकेटको फाइनल खेल विश्वकै सबैभन्दा ठूलो स्टेडियम अहमदावादको नरेन्द्र मोदी स्टेडियम १९ नोभेम्वरमा हुने पक्का भएको छ ।

भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा विश्वका १० टोलीको सहभागिता रहने छ । प्रतियोगिता ४६ दिनसम्म चल्ने छ । यो दौरान १० टोलीका बिच ३ प्लेअफ समेत कुल ४८ खेलको आयोजना हुनेछ । विश्वकप क्रिकेटको खेलको आयोजनाको लागि बीसीसीआईले अहमदाबाद, बेङ्गलुरु, चेन्नई, दिल्ली, धर्मशाला, गुवाहटी, हैदरबाद, कोलकोता, लखनउ, इन्दौर, राजकोट र मुम्बई जस्ता शहरलाई चुनेको छ ।

आईसीसी अन्तर्गत आयोजना गरिने विश्वस्तरीय प्रतियोगिताको खेल समय तालिका एक बर्ष अघि नै सार्वजनिक गरिने प्रचलन रहदै आएको छ । तर बीसीसीआईले भारत सरकारसँग विशेष मुद्दामा मञ्जुरी लिनुपर्ने भएकोले यसमा ढिलाई भएको हो ।

यी विशेष दुइ मुद्दाहरुमा पाकिस्तानको टोलीको भिजा मञ्जुरी र प्रतियोगिताको लागि ट्याक्स फ्रि रहेका छन । हालै दुबईमा सम्पन्न अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को वैठकमा बीसीसीआई पाकिस्तानी टोलीलाई भिजा उपलब्ध गराउने आश्वासन दिएको थियो ।

पाकिस्तानी टोलीलाई भिजा उपलब्ध गराउने कुरामा भारत सरकार लचिलो बनेपनि ट्याक्स छुटको बारेमा भने छलफल भइरहेको छ । केहि समयपश्चात नै बीसीसीआई यो सम्वन्धमा आईसीसीलाई जानकारी गराउने छ । भारतमा भारत र पाकिस्तानको अन्तिम खेल सन २०१२ मा भएको थियो ।

त्यसपछि भारत सरकारले आईसीसीका प्रतियोगिता बाहेक अन्य कुनै पनि क्रिकेट पाकिस्तानीसंग नखेल्ने निर्णय गरेपछि त्यसपछि अहिलेसम्म दुई राष्ट्रबिच कुनैपनि क्रिकेट श्रृंखलाको आयोजना हुन सकेको छैन । विश्वकपको जिम्वावे छनोट पार गर्न सके नेपाल पनि पहिलो पटक सो विश्वकपमा सहभागि हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.