देशभरका चिकित्सक आन्दोलित,आज आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गर्ने

विराटनगर ः भदौ १ गतेदेखि लागु भएको मुलुकी ऐनको मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ संसोधनको माग गर्दै चिकित्सकहरु आन्दोलित भएका छन् ।आजको उद्घोष दैनिकको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

Advertisement

बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाइ अपराधिको रुपमा ब्याख्या गर्न खोजिएको भन्दै आइतबार आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गर्ने बताएका छन् ।

नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाले शनिबार बिज्ञप्ति जारी गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।सरकारले अपराधि जस्तो शैलीमा व्यवहार गरेकोले विद्यमान अवस्थामा काम गर्न नसक्ने अवस्था भएको भन्दै आन्दोलनमा उत्रिनुपरेको अध्यक्ष फरवार्ड सिलवालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top