Nepal Times
Nepal Times
3
Shares

रंगशाला प्रकरणमा धुर्मुसपछि सुन्तलीले मुख खोलिन

रंगशाला प्रकरणमा धुर्मुसपछि सुन्तलीले मुख खोलिन

१० चैत्र, काठमाण्डौ ।
चितवन स्थित गौतमबुद्ध क्रिकेट रंगशालालाई लिएर सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को तनाव क्रमश बाहिरिन थालेको छ । धुर्मुसले तिवनस्थित रंगशालामा नै पुगेर भिडियो सन्देशमार्फत निर्माणको जिम्मा लिन सरकारलाई अनुरोध गरेको र आफु दोषी भए कारबाहीका लागि तयार रहेको भनी बताएको केही दिनमै सुन्तलीले आफू मानसिक यातनाले विक्षिप्त बनेको बताएकी छन् ।

यसअघि धुर्मुसले पनि आफूसमेत मानिसक तनावमा रहेको बताएका थिए । सुन्तलीले आफ्नो म्यासेजको इनबक्समा नग्न तस्वीर आउन थालेको भन्दै सुन्नै नसकिने शब्दका गालीगलौजले आफूलाई मानसिक यातना भएको गुनासो गरेकी छन् ।

‘अब सुन्न र सहन सक्ने शक्ति छैन ममा, कि मलाई सफाइ देऊ कि सजाय । तर जे गर्छौ छिटो गर ।’ आफूलाई तुच्छ गालीको वर्षा भइरहेको भन्दै कुञ्जनाले राज्यसँग मन दुखेको टिप्पणी गरेकी छन् । उनले लेखेकी छन्, ‘अबको हरेक वार्ता खुलेआम रंगशालाको मैदानमा गरियोस् न कि बन्द कोठामा । मलाई मेरो इनबक्समा नग्न तस्वीर पठाउन सुरू भएको छ, विभिन्न तुच्छ गालीको वर्षा भइरहेको छ । म पनि मान्छे हँु, धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग ।’

सुन्तलीको यो पोस्टमा फ्यान र साथीभाइले चिन्ता नलिन र साहस बटुल्न सल्लाह दिएका छन् । अभिनेता तथा हास्य कलाकार मनोज गजुरेलले बलियो हुन सुझाएका छन् । रंगशाला बनाउँदा धुर्मुसलाई १८ करोडभन्दा बढी ऋण लागेको छ । सहयोग कबुल गरेकाले पनि अहिले आएर बेवास्ता गरेपनि धुर्मुस चिन्तामा छन् ।

रंगशालामा निर्माणमा धुर्मुस–सुन्तलीले अनियमितता गरेको भन्दै कतिपयले विरोध पनि गरिरहेका छन् । यसबारे मंगलबार रंगशालास्थलबाट धुर्मुसले देशको लागि काम गर्दाको सजाय यति कठोर होला भन्ने आफुले कल्पनासमेत नगरेको बताएका थिए । उनले सरकारले निर्णय देला र हरहिसाब सार्वजनिक गरौंला भनेर बस्दाबस्दै डेढ वर्ष बितेको भन्दै एकपछि अर्को समिति बन्दा पनि निर्णय नभएको बताएका छन् ।

धुर्मुसले रंगशालामा ५७ करोड ९२ लाख रुपैयाँ खर्च भएको बन्दै ३९ करोड ८० लाख संकलन भएकोमा १८ करोड ४३ करोड रुपैयाँ उधारो रहेको बताएका छन् । पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोटमा स्थानमा बनाएपछि त्याहासम्मको यात्रा तय गर्ने अन्तिम खेलमा कीर्तिपुरमा देखिएको दृश्यले सबैको ध्यान खिच्यो ।

यूएईलाई नेपालले ९ रनले पराजित गरेको सो खेल हेर्न कीर्तिपुरको चौर र रुखमा चढेका दर्शकका दृश्यले सरकारले पनि नेपालमा क्रिकेट रंगशालाको टड्कारो आवश्यकता महसुस गर्याे । यसैले त विजयी टोलीलाई बधाई दिदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा निमार्णाधीन रंगशालालाई चाडै पूर्णता दिन खेलाडीकै अघि प्रतिवद्धता जनाएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.