विराटनगर महानगरको न्यायिक समितिमा मुद्धाको चाप

विराटनगर महानगरको न्यायिक समितिमा मुद्धाको चाप

विराटनगर ः विराटनगर महानगपालिकामा उपप्रमुख नेतृत्वको न्यायिक समितिमा मुद्दाको चाप बढ्दै गएको छ । कानुन शाखाको तथ्यांक अनुसार समितिमा खासगरी अंशबण्डा, घरेलु हिंसा,सम्बन्ध विच्छेद, जग्गासम्बन्धि विवाद,ठगीका साथै लेनदेनलगायतका मुद्दा को चाप बढ्दै गएको हो । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

‘स्थानिय तहमा न्याय सम्पादन हुन्छ भन्ने विषयमा जनतामा विश्वास बढ्दै गएको छ’ – महानगरपालिका उपमेयर तथा न्यायिक समितिकी संयोजक इन्दिरा कार्कीले भनिन्–‘सोही आधारमा मुद्दा को चाप पनि बढ्दै गएको देखिन्छ। ’

कानुन शाखाका अनुसार महानगरपालिकामा आर्थिक वर्ष २०७४÷०७५ मा ६३ वटा मुद्दा दर्ता भएका थिए । सो आर्थिक वर्षमा दर्ता भएका सम्बन्धविच्छेदका २२ मुुद्दामध्ये ९ वटा मोरङ जिल्ला अदालतमा सिफारिस भएको छ । त्यस्तै दुईवटा आपसी सहमतीमा मेलमिलापबाट टुङ्गो लागेको छ भने ११ वटा मुद्दा अझै प्रक्रियामा नै रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.