×

NEPAL TIMES UPDATES

Playing
रोल्पा जिप दुर्घटनाः ८०० मिटर गहिराइ र सञ्चारबिहीन उद्धारको २१ घण्टा|| Nepal Times
May 01, 2026
Playing
चीनमा भेटियो २२५ तेल र ग्यास भण्डार,५३ अफ्रिकी देशलाई कर नलाग्ने|| Nepal Times
May 01, 2026
Playing
ट्रेड युनियन हट्ने भएपछि राजनीति गर्ने कर्मचारीको निन्द्रा गायब || Nepal Times
May 01, 2026
Playing
जब छोरो बचाउन बाबुले रेल्वे ट्रयाकमा हामफाले|| Nepal Times
May 01, 2026
Playing
कैलाश यात्रा गर्न लिपुलेकको बाटो खुल्यो,भारत र चीन मिले, नेपाल बेखबर|| Nepal Times
May 01, 2026
Playing
शीतल निवासमा किन अड्किए अध्यादेशः संविधानको रक्षा कि सरकारसँग शंका || Nepal Times
May 01, 2026
Playing
सूचीका छोराले मागे आमा जि*वितै भएको प्रमाण, विश्वलाई झुक्याउदै सैन्य सरकार|| Nepal Times
May 01, 2026
Playing
Top 15 Afternoon News || May-01-2026 || Nepal Times
May 01, 2026
Playing
सुकुम्बासी बस्तीमा विहानैदेखि पसे दजर्नाैं डोजर,यसरी भत्काइँदैछ बस्ती || Nepal Times
May 01, 2026
Playing
बुद्ध जयन्तीमा प्रधानमन्त्रीको शुभकामना सन्देश, यात्रा ज्ञानको खोजमा|| Nepal Times
May 01, 2026

प्रहरी प्रमुख बनेका वसन्त कुँवर को हुन् ?

१० चैत्र २०७९

१० चैत, काठमाण्डौ ।
नेपाल प्रहरीको महानिरीक्षक (आईजी)मा वसन्तबहादुर कुँवरको बढुवा भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीमा बढुवा गर्ने निर्णय गरेको हो। योसँगै कुँवर नेपाल प्रहरीको ३० औं आईजी बनेका छन्। एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई पछि पार्दै कुँवर आईजीमा बढुवा भएका हुन्।

अर्घाखाँचीका कुवँर पहिलो नम्बरमा एआईजी बढुवा भएका थिए। एआईजीको फुली लगाएको दुई दिनमै उनी आईजीमा बढुवा भएका हुन्। ३० वर्षे सेवा अवधिका कारण हालका आईजी धिरज प्रताप सिंह आजबाट अनिवार्य अवकाशमा जाने भएपछि रिक्त आईजी पदमा कुँवरलाई बढुवा गरिएको हो।

Advertisement
Advertisement

आईजीमा बढुवा भएका कुँवर डीआईजी बढुवा हुँदा पनि पहिलो नम्बरमै थिए। उनी पूर्व महान्यायाधीवक्ता तथा गण्डकी प्रदेशको प्रदेश प्रमुख समेत भइसकेका बाबुराम कुँवरका सहोदर भाइ हुन्। कुँवरको कांग्रेसका नेताहरुसँग राम्रो सम्बन्ध रहेको बताइन्छ।

कांग्रेसकै नेताहरुको जोडबलमा उनी आईजीमा बढुवा भएका हुन्। मधेस प्रदेश प्रहरी प्रमुख भएर काम गरेका कुँवरले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको समेत जिम्मेवारी सम्हालिसकेका छन्। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता भएर काम गरेका कुँवरले डीआईजी हुँदा कार्य विभागमा रहेर पनि काम गरिसकेका छन्।

एसपी हुँदा नुवाकोट लगायतका विभिन्न जिल्लामा रहेर उनले काम गरेका छन्। उनी २०५१ साल चैतमा प्रहरी निरीक्षकको रुपमा प्रहरी सेवामा प्रवेश गरेका थिए। ११ महिने छोटो कार्यालय पूरा गरी प्रहरी महानिरीक्षक (आईजी) धिरज प्रताप सिंह आजबाटै ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन्।

गत वैशाख १८ गते आफूभन्दा डेढ वर्ष सिनियर एआईजी विश्वराज पोखरेललाई पछि पार्दै आईजी भएका सिंहको कार्यकाल भने विवादरहित भने बन्न सकेन। हालका आईजी धीरजप्रताप सिंहसँगै उनका ब्याची एआईजीहरु सहकुल थापा, दिवेश लोहनी, उत्तमराज सुवेदी ३० वर्षे सेवा अवधिका कारण चैत १० गतेदेखि अनिवार्य अवकाशमा जानेछन्।

प्रहरीको नयाँ महानिरीक्षकका लागि ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरुमा पहिलो पटक महिला किरण बज्राचार्य पनि प्रतिस्पर्धीमा रहेकी थिइ । तर नेपाल प्रहरीको इतिहासमै पहिलो पटक महिला प्रहरी अधिकृत बज्राचार्य आईजी बन्नबाट भने बन्चित भएकी छिन् ।

Advertisement

भर्खरको समाचार

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

सम्बन्धित खबरहरु

Scroll to Top