Nepal Times
Nepal Times
3
Shares

अनाधिकृत बस्ती हटाउन काठमाडौं महानगरको अल्टिमेटम

अनाधिकृत बस्ती हटाउन काठमाडौं महानगरको अल्टिमेटम

११ चैत्र,काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले शनिबार एक सूचना प्रकाशन गर्दै नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृतरुपमा कब्जा गरी भोगचलन गरिरहेका सबै सरोकारवालालाई संरचना हटाउन निर्देशन दिएको हो ।

महानगरपालिकाले यसअघि पनि पटक–पटक यस्ता सूचना जारी गरी अनधिकृत संरचना हटाउन भनिएको स्मरण गरेको छ । अब एक साताभित्र नदी किनारका अनधिकृत संरचना नहटाए महानगरले ती संरचना भत्काउने र त्यसको खर्च पनि सम्बन्धित व्यक्तिबाट उठाउने सूचनामा उल्लेख छ । काठमाण्डौ महानगरभित्रका बागमती, बिष्णुमतीलगायत नदी किनारमा अनधिकृत संरचनाहरू बनेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.