कासेमिरो ब्राजिलको नयाँ कप्तान

११ चैत, एजेन्सी ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर कासेमिरो ब्राजिलको नयाँ कप्तान बनेका छन् । नियमित कप्तान तथा डिफेन्डर थियागो सिल्भाको अनुपस्थितिमा अन्तरिम प्रशिक्षक रामोन मेनेजेसले आगामी मैत्रीपूर्ण खेलका लागि क्यासमिरोलाई कप्तानको जिम्मेवारी प्रदान गरेको हो ।

ब्राजिलले आइतबार बिहान फिफा विश्वकप २०२२ मा सनसनीपूर्ण प्रदर्शन गर्दै अफ्रिकाबाट सेमिफाइनलमा पुग्ने पहिलो राष्ट्र बनेको मोरक्कोसँग मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ । यसै समरमा स्पेनिस क्लब रियल म्याड्रिड छाड्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पुगेका ३१ वर्षीय क्यासमिरोले उच्च प्रदर्शन गरिरहेका छन् ।

विश्वकपको क्वाटरफाइनलमा क्रोएसियासँग टाइब्रेकरमा पराजित हुँदासम्म ब्राजिलको कप्तानी सिल्भाले सम्हालेका थिए । सिल्भा चोटका कारण मैदान बाहिर छन् । उनले फिफा विश्वकप कतार २०२२ नै आफ्नो अन्तिम खेल हुने बताएका थिए ।

यता जर्मन क्लब बायर्न म्युनिखले जुलियन नागेल्समनलाई बर्खास्त गर्दै उनको स्थानमा थोमस टुचेललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । बायर्नले मुख्य प्रशिक्षक जुलियन नागेल्समनलाई बर्खास्त गरेको केही समयमै टुचेललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

टुचेलले बायर्नसँग दुई वर्षको सम्झौता गरेका छन् । टुचेल सन् २०२५ सम्म बायर्नको मुख्य प्रशिक्षक रहनेछन् । ४९ वर्षीय जर्मन प्रशिक्षक टुचेल गत सेप्टेम्बरमा चेल्सीबाट बर्खास्तीमा परेपछि जागिरविहीन बनेका थिए । टुचेल यसअघि जर्मन बुन्डेसलिगा क्लब अग्सवर्ग, माइन्ज र बोरुसिया डर्टमुण्डकै प्रशिक्षक रहेका थिए ।

टुचेलले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र इंग्लिस क्लब चेल्सीको पनि प्रशिक्षण सम्हालिसकेका छन् । अन्तर्राष्ट्रिय विश्रामअघि बायर लिभरकुसेनसँग २–१ ले पराजित भएसँगै बायर्नले ३५ वर्षीय युवा प्रशिक्षक जुलियनलाई बर्खास्ती गर्ने निष्कर्षमा पुगेको थियो ।

अन्तर्राष्ट्रिय विश्राममा उनी अष्ट्रियामा रहँदा नै बायर्नले उनलाई शुक्रबार बर्खास्त गरेको हो । बायर्नले अब आउँदो अप्रिल १ मा डर्टमन्डविरुद्ध खेल्नेछ । यस्तै, च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्नले म्यानचेस्टर सिटीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top