सरकारी सेवामा अब आठ सेवा समहु मात्रै राखिने

सरकारी सेवामा अब आठवटा मात्रै सेवा समूह राखिने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको संघीय निजामती सेवा विधेयकमा आठ मात्रै सेवा समूह प्रस्ताव गरिएको छ। आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

अहिले निजामती सेवामा १० वटा सेवा समूह छन्। प्रस्तावित विधेयकमा इञ्जिनियरिङ,कृषि तथा वन, न्याय, परराष्ट्र, लेखा परीक्षण, संसद् र नेपाल स्वास्थ्य सेवा रहनेछन्।

यसअघि छुट्टाछुट्टै सेवामा रहेका कृषि र वन गाभिएको छ। यस्तै आर्थिक योजना तथा तथ्यांक, शिक्षा र विविध सेवा खारेज गर्न प्रस्ताव गरिएको छ। तीनवटै सेवा खारेजीपछि ती सेवाका कर्मचारीलाई नेपाल प्रशासन सेवा वा मिल्दोजुल्दो सेवामा समाहित गर्ने प्रस्ताव छ।

Scroll to Top