Nepal Times
Nepal Times
3
Shares

विराट गोल्डकपः आज अन्तिम क्वाटरफाइनल

विराट गोल्डकपः आज अन्तिम क्वाटरफाइनल

१२ चैत , विराटनगर ।
विराटनगरमा जारी विराट गोल्डकप फुटबलको आज हुने अन्तिम क्वाटरफाइनलमा भारतको लुका सकर र ‘ए’ डिभिजन टिम संकटा क्बल बीच प्रतिष्पर्धा हुँदैछ । आजको खेलको बिजेता टिमसँग अब सेमिफाइनलमा एपिएफले खेल्नेछ ।

यसअघि शनिबारको खेलमा पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता विभागीय क्लब एपिएफ सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार राति भएको खेलमा भुटानलाई २–१ ले पराजित गर्दै एपिएफले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

निर्धारित समय १–१ को बराबरीतर्फ उन्मुख खेलमा एपिएफले दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टी पाएपछि २–१ को अग्रता बनाउँदै जित पनि पक्का गरेको हो । खेलको तेस्रो मिनेटमा एपिएफका हरि कार्कीले हेडर गोलमार्फत अग्रता दिलाएका थिए ।

३४ औं मिनेटमा फोफाना इब्राहिमले उत्कृष्ट गोल गर्दै भुटानी टोली ड्रुकलाई बराबरीमा ल्याएका थिए । निर्धारित समय बराबरीतर्फ उन्मुख देखिएको बेला ७ मिनेट इन्ज्युरी समय थपिएको थियो । त्यही इन्ज्युरी समयको छैटौं मिनेटमा एपिएफले पेनाल्टी पाएपछि एपीएफका अर्मान्ड बेडुमले पेनाल्टीमा गोल गरेपछि एपीएफ अन्ततः २–१ ले विजयी हुँदै अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो ।

शनिबारको खेल अघि मनोरञ्जनको लागि नेपाली लोकप्रिय कलाकार एलिना चौहानको सागीतिक प्रस्तुति रहेको थियो । एलिनाका “धोकेबाज’ ‘मिनिरल वाटर’, ‘कुरा काट्ने मान्छेले काटुन’, ‘छेकेर माया छेकिन्न’, ‘मेरो परान’ लगायतका चर्चित गीत रहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.