बेलारुसमा आणविक हतियार भण्डारण गर्दै रुस

१२ चैत, एजेन्सी ।
रुसले छिमेकी मुलुक बेलारुसमा आफ्ना रणनीतिक आणविक हतियार भण्डारण गर्ने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार रुसको टेलिभिजन च्यानल रसिया २४ सँग बोल्दै पुटिनले यस्तो घोषणा गरेका हुन् । रुसी सरकारी विश्व च्यानल आरटीका अनुसार आगामी जुलाई १ भित्र भण्डारणको प्रक्रिया सकिने पुटिनले सार्वजनिक गरेका छन् ।

बेलारुसमा रुसका चुस्त आणविक हतियार भण्डारण हुने पुटिनले उल्लेख गरेका छन् । पुटिन समर्थक बेलारुसी राष्ट्रपति एलेक्जेन्डर लुकासेन्को र पुटिनबीचको छलफलमा उक्त सम्झौता भएको हो । हालसालै बेलायतले युक्रेनलाई अतिरिक्त हतियार सहयोग घोषणा गरेपछि पुटिनको आणविक हतियार भण्डारण कार्यक्रम सार्वजनिक भएको हो ।

अमेरिकाले आफ्ना आणविक हतियारहरू बेल्जियम, जर्मनी, नेदरल्यान्ड, इटाली र टर्कीमा भण्डारण गरिएको उदाहरण दिँदै रुसी मिडियाले रुसले बेलारुसमा गर्न लागेको आणविक हतियार भण्डारण त्यस्तै कदम भएको तर्क गरेका छन् । पुटिन समर्थक बेलारुसी राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले आफ्नो देशमा आणविक असुरक्षा भएको पटक पटक भन्दै आएपछि रुसको यस्तो कदम आएको रुसी मिडियामा उल्लेख गरिएको छ ।

Advertisement

युक्रेन युद्धका क्रममा पश्चिमासँगको दूरी बढ्दै गएको र केही रूसी विज्ञको रूसमा आणविक आक्रमण हुनसक्ने सुझावपछि बेलारुसमा आणविक हतियार भण्डार गरी युद्धको पूर्वतयारी गर्न लागिएको पुटिनले बताएका छन् । बेलारुससँगको यो सम्झौताले आणविक हतियार ओसारप्रसारमा रोकसम्बन्धी अन्तराष्ट्रिय कानूनको उल्लंघन नगर्ने दाबी पुटिनले गरेका छन् ।

हालै मात्रै बेलायतले युक्रेनमा सैन्य सहयोग गर्ने घोषणा गरेको थियो । २०२२ फेब्रुअरीमा रूसले युक्रेनका विभिन्न क्षेत्रमा आक्रमणको तयारी गर्दा केही रूसी सैनिकहरू बेलारुस हुँदै युक्रेन प्रवेश गरेका थिए । युद्धको सुरुवाती दिनदेखि बेलारुस रुसको समर्थनमा उभिएको छ ।

Advertisement

हालै अमेरिकाले बेलारुसका सरकारी संस्थासहित नौ जना बेलारुसी नागरिकलाई पनि प्रतिबन्ध लगाएको छ । बेलारुसमा सन् २०२० मा भएको चुनावमा धाँधली गरेको र रुसको समर्थन गरेको आरोपमा अमेरिकाले उनीहरुमाथि प्रतिबन्ध लगाएको हो ।

शनिबारको पुटिनको घोषणापछि भने पश्चिमालाइै थप बेचैन बनाएको छ । चिनियाँ राष्ट्रपति सी जिङपिङको शान्ति वार्ताको प्रस्तावमा पुटिन सकारात्मक बनेपछि चीनको वार्ताको प्रस्तावलाई अमेरिका लगायत पश्चिमाले रणनीतिका रुपमा परिभाषित गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top